२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट ४९ जनाको मृत्यु



अ+ अ-

दमौली । तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो ।

सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप/कार, दश ट्याक्टर, एक टेम्पो र ४७ मोटरसाइकल दुर्घटना भएका थिए । दुर्घटनामा परी ४५ पुरुष, १३ महिला, तीन बालक र तीन बालिका घाइते भएका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा ३७ पुरुष, आठ महिला र तीन बालक छन् । आव २०७६/७७ मा ४४ तथा आव २०७५/७६ मा ६० जनाको सवारीसाधन दुर्घटनामा परी मृत्यु भएको थियो । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना भएका थिए । “तीव्र गतिका कारण दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा परेको पाइएको छ”, नेपालले भन्नुभयो, “युवाले जथाभावी सवारीसाधन हाँक्दा दुर्घटना बढी हुने गरेको छ ।”