२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देनको देश दौडाह,धनगढीमा ४०० बढीलाई पार्टीमा भित्र्याए



अ+ अ-

धनगढी ।धनगढीमा विभिन्न राजनीतिक दल परित्याग गरेका नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले परित्याग गरेका राजेश भण्डारी, रोम स्वाँर, स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार बिजयी गराउने अभियानका संयोजक दानबहादुर रावल, डिल्ली जैसी, सम्राट सिंह सहित एमाले, कांग्रेस लगायत विभिन्न राजनीतिक दलमा महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तित्वहरूको ठूलो संख्यालाई धनगढीमा आयोजित समारोहमा राप्रपामा स्वागत गर्नुभएको छ ।

मंगलबार पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले बलियो राष्ट्रवादी शक्तिको अभावमा ठूला भनिने राजनीतिक दलले मनपरितन्त्र चलाएकाले यसलाई रोक्न मात्रै होइन परास्त गर्न सबल राप्रपा निर्माणमा जोड दिनुभएको छ । हामी संघ र प्रदेशको निर्वाचनको निकट छौं, अध्यक्ष लिङ्देनले भन्नुभयो ‘यो निर्वाचन एउटा अवसर हो, एकताबद्ध हुन ढिला नगरौं, गल्ती गरेर पछुतो मान्ने छुट देशभक्त राष्ट्रवादी नेता कार्यकर्ता र आम मतदातालाई छैन ।’ नवप्रवेशीहरुले षड्यन्त्रपूर्ण ढंगबाट हटाइएको हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्नेमा जोड दिदै आफूहरू बिना शर्त राप्रपा प्रवेश गरेको बताएका छन् । एमाले परित्याग गरी राप्रपा प्रवेश गरेका राजेश भण्डारीले इमानदार नेतृत्वको अभावमा समाजको सबै क्षेत्र प्रदुषित बनेको र नेतृत्व परिवर्तन गरेर नयाँ नेतृत्वको रुपमा राजेन्द्र लिङ्देनको उदय भएपछि राप्रपा आम जनताको आशा, भरोसाको नयाँ राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । अर्का नवप्रवेशी रोम स्वाँरले आवधिक निर्वाचनमा गरिने छनौटले देशको भविष्य निर्धारण हुने भएकाले राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र बनाउन आफूहरू राप्रपामा समाहित भएको बताएका छन् ।

कार्यक्रममा राप्रपाका नेताहरू चन्द्रबहादुर गुरुङ, सुदुरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी, सहायक प्रवक्ता पूर्ण चन्द, केन्द्रीय सदस्यहरु तिर्थराज चटौत, हिक्मत सिंह भण्डारी, गणेश विष्ट लगायतको उपस्थिति रहेको थियो । राप्रपा कैलालीका अध्यक्ष होमबहादुर गुरुङले छिट्टै अर्को चरणको पार्टी प्रवेश गराउने र कैलालीमा राप्रपालाई बलियो शक्तिको रुपमा उभ्याउने दाबी गरेका छन् ।

 




भर्खरै