६ आश्विन २०८१, आईतवार
,
Latest
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्यको ठेक्का तत्काल रद्ध गर्न निर्देशन



file
अ+ अ-

काठमाडौँ । संसदीय समितिले नारायणघाट–बुटवल पूर्व–पश्चिम खण्डको निर्माण कार्य आशाजनक नभएको भन्दै आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्ध गर्न निर्देशन दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक पूर्व–पश्चिम खण्डको कार्य प्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरुसँग गरेको छलफलपछि समिति सभापति कल्याणी खड्काले सरकारलाई यस्तो निर्देशन दिनुभएको हो ।

सभापति खड्काले आयोजनाको निर्माण अवधि सकिनै लाग्दा समेत अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले सरकारले ठेक्का रद्ध गर्ने विषयमा समीक्षा गरी तत्काल निर्णय लिन निर्देशन गर्नुभयो । सभापति खड्काले मित्र राष्ट्रहरुको निर्धारित शर्त सहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरोन्नती भइरहेका राष्ट्रिय स्तरका तथा अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरुको निर्माणमा राष्ट्रको हीत नहुने सम्झौता तत्काल समीक्षा गरी पुनारावोलकन गर्नपनि निर्देशन दिनुभयो । उहाँले देशका राष्ट्रिय स्तरका तथा मुख्य सडकहरु नै क्षतविक्षत हुने गरी उपयुक्त योजना बिना पहँुच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता मार्ग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्नपनि सरकारलाई निर्देशन गर्नुभयो ।

सभापति खड्काले निर्माणधिन अवस्थामा रहेको कर्णालीको कालिकोट–जुम्ला जोड्ने नाग्ना पक्की पुल हालै वर्षले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिलाई बुझाउन भौतिक मन्त्रालयलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘ देशकै व्यापारीक मार्गको रुपमा परिचित,एशियन हाईवेयको रुपमा स्तर उन्नतिमा अगाडि बढाइएको नारायणघाट बुटवल सडक पूर्वीखण्ड नेपाल नवलपरासी,दाङ पश्चिम बुटवल सडक खण्डको बारेमा समितिले गम्भिरता पूर्वक चासो लिएर आयोजनाको कार्य प्रगतिको स्थलगत अनुगमन गरी सडक निर्माणका समस्या समाधानको लागि २०७८ माघ २८ गतेको बैठकमा महत्वपूर्ण निर्देशन भएका थिए । आयोजनाको निर्माण अवधि सकिनै लाग्दा अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ । समयमा नै आयोजना सम्पन्न गर्ने विषयमा न्यून र निराशाजनक कार्य प्रगतिको कारण आयोजनाको ठेक्का नै रद्ध गर्नुपर्ने अवस्था सिर्जना भएको विषयलाई गम्भिरतापूर्वक ध्यानाकर्षण गरी आवश्यक कारबाही अगाडि बढाउदा आयोजनाको लागत नबढ्ने गरी निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न गर्न तत्काल समीक्षा गरी उपयुक्त निर्णय लिन समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले भन्नुभयो,‘ मित्र राष्ट्रहरुको निर्धारित शर्त सहितको अनुदान ऋण सहयोगमा निर्माण तथा स्तरउन्नती भइरहेका राष्ट्रियस्तरका र अन्य सडक तथा पूर्वाधार निर्माणका आयोजनाहरु निर्धारित समयमा र गुणस्तरीय रुपमा सम्पन्न हुन नसकेको र आर्थिक व्ययभार समेत वृद्धि भइरहेको सम्बध सरोकारवाला र सरकारी निकायको मूल्याङ्कन भएर समग्र राष्ट्रको हीतमा राखि यस्ता सम्झौताको तत्काल समीक्षा गरी पुनारावोलकन गर्न समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । देशका राष्ट्रिय स्तरका तथा मुख्य सडकहरु नै क्षतविक्षत हुनेगरी उपयुक्त योजना बिना पहँुच मार्गहरु निर्माण गर्ने कार्य बढेको सन्दर्भमा यस्ता र्माग निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्न समिति नेपाल सरकार प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । निर्माणाधीन अवस्थामा रहेको कर्णालीको कालिकोट जुम्ला जोड्ने नाग्ना पक्की पुल हालै वर्षाले चर्किएको पाइएकाले यसको गुणस्तर र प्राविधिक पक्षका सम्बन्धमा १५ दिनभित्र छानबिन गरी यसको प्रतिवेदन समितिमा पठाउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले भन्नुभयो,‘ छिमेकी राष्ट्र भारतको एजिएम बैंकको सहयोगमा निर्माणधिन नुवाकोट जिल्ला अन्तगतको बालाजु रानीपौवा सडकखण्ड स्तर उन्नतिको कार्यगर्दा साविकमा भएको पिच डोजलर लगाई क्षतविक्षत बनाइ हालसम्म सम्पन्न नभएको विषयलाई ध्यानमा राखि समितिको २०७८ पौष २८ गतेको बैठकबाट गुणस्तर र समयमा नै सम्पन्न गर्न निर्देशन भएको थियो । हाल डकको ठेक्का रद भई निर्माणको कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उतरी नाकाबाट राजधानी जोड्ने त्यस्तो महत्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ । हालैको अविरल वर्षाले आएको बाढी तथा पहिरोले विभिन्न जिल्लाहरुको पूर्वाधारहरुमा अत्याधिक मात्रामा क्षति पुगि यातायात सेवा अवरुद्ध हुँदा दैनिक रुपमा हुने आवात जावातलाई कष्ठकर बनाएको छ । यस विषयमा मध्यनजर राख्दै नजिकिँदै गरेको नेपालीहरुको महत्वपूर्ण चाडहरुलाई समेत ध्यानमा राखि क्षतिग्रस्त पुल तथा सडकहरुको तत्काल मर्मत गरी यातायात सेवालाई सहज रुपमा सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

सभापति खड्काले छिमेकी राष्ट्र भारतको एजिएम बैंकको सहयोगमा निर्माणधिन नुवाकोट जिल्ला अन्तर्गतको बालाजु रानीपौवा सडक खण्डको ठेक्का रद्ध भई निर्माणको कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उतरी नाकाबाट राजधानी जोड्ने महत्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिनुभयो । उहाँले समितिको २०७८ पौष २८ गतेको बैठकबाट गुणस्तर र समयमा नै सम्पन्न गर्न निर्देशन दिएको बताउनु भयो । सभापति खड्काले हालैको अविरल वर्षाले आएको बाढी तथा पहिरोले विभिन्न जिल्लाहरुको पूर्वाधारहरुमा अत्याधिक मात्रामा क्षति पुगि यातायात सेवा अवरुद्ध हुँदा दैनिक रुपमा हुने आवत जावतलाई कष्ठकर बनाएको भन्दै क्षतिग्रस्त पुल तथा सडकहरुको तत्काल मर्मत गरी यातायात सेवालाई सहज रुपमा सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभयो ।