१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त राजदूतद्वारा पद तथा गोपनीयताको सपथ



अ+ अ-

काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष डा. दुर्गा बहादुर सुवेदी जापान, दान बहादुर तामाङ दक्षिण अफ्रिका, शर्मिला पराजुली (ढकाल) स्पेन, मिलनराज तुलाधर रुसी महासंघ र प्राडा राम स्वार्थ राय डेनमार्कका लागि राजदूतले सपथ लिनुभएको हो ।

राष्ट्रपति भवन शितल निवासमा सम्पन्न समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।