४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

साईरन आतंक

साईरन आतंक
अ+ अ-

एउटा गुल्जार चोक

भय मिश्रित

अनगिन्ती शरिरहरु ,

शरिरहरुको शिर

अनगिन्ती टाउकाहरु !

मुडुलो / अर्ध मुडुलो ,

सेतै फुलेका / तिलचामल देखिने

घुम्रीलो / सलसल बग्दैका

निख्खर कालो / रङ्गिन पनि

कति हो कति ,

भयवित टाउकाहरु डोहोर्‍याउने

अनगिन्ती आखाहरु !

आखैपिच्छेका अनगिन्ती विविधता पनि !

तर समानता एउटै !

नजानिदो / नबुझिएको / गोलमटोल

भिमकाय डर !
*******
डरको आयतन बढाउने

नाडी पिच्छेका

फरक / फरक घडिहरु

आफ्नै नाडिको घडी देखि

तर्सिदो भिडमा

सामुहिक कल्याङ मल्याङ !

" आठ बज्न आट्यो "

अस्ताउदो समयको रफ्तार

झनै रफ्तारियो

सटरहरु भूई झरे

ताल्चाहरुका मुख थुनिए

वेवारिसे बेन्चहरु

घर छिरे

असरल्ल तरकारीको

गुन्टा कसियो

त्यही रफ्तारको हुर्मत लिदै

बज्यो कर्कस आवाज साईरनको

भिडको भाष्य फेरियो

" पुलिस आयो ! पुलिस आयो !! "
*********
साईरनको आवाज

कम ठान्ने वर्दिवालाले

आफ्नो आवाज मिसायो

आवाज निकाल्न झिजो मान्नेले

सिठ्ठी फुक्यो

समग्रमा ,

भयवित माहोल

झन भयङ्कर बन्यो

सिठी / साईरन अनि वर्दिको आवाजले
*******
करै कर

अनि

डरै डरमा

सुटुक्क उठ्यो एउटा आकृती

सायद

बेलुकाको छाकको जोहो

भएन आमैको

डर उसै थियो

अझै निराशा थपिदा

गुम्सिएको गगन झै भए

नाजुक नजरहरु

भाग्य बस !

मेरो छाकको

जोहो मिलेको थियो

गाँस मुखमा छिर्नेबेला

नगिचैको गिलास भित्र

तिनै भयवित / निरास

आखाहरु फालहाने

केहिछिन छचल्कियो पानी

पानी सङ सङै छचल्कियो

एकजोडी धमिलो नजर पनि

अन्त्यमा !

दुखी नजरको आवाज सुने

" बाबू , आजा मेरो उपवास भयो "

प्रभाव !

दुईथोपा आँसु

आमैका थिए

वा

मेरा ?

गिलाभित्र झरी गो

तप्प तप्प !!