७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

स्थानीय निर्वाचनको खर्च ५ अर्ब, आयोगद्वारा सरकारलाई ३ अर्ब फिर्ता

स्थानीय निर्वाचनको खर्च ५ अर्ब, आयोगद्वारा सरकारलाई ३ अर्ब फिर्ता
अ+ अ-

काठमाडौं । निर्वाचन आयोग, नेपालले गत स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ ।

मंगलवार आयोगमा निर्वाचन परिणाम तथा खर्च सार्वजनिकरणका लागि पत्रकार सम्मेलन गर्दै आयोगले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको खर्चबारे जानकारी गराएको हो । आयोगले खर्च नभएको ३ अर्ब ६ करोड ९६ हजार करोड १२४ रुपैयाँ खर्चका लागि सरकारले उपलब्ध गराएको रकमबाट बचेको बताएको हो ।

सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ खर्च छट्याएको थियो । निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो निर्वाचनमा प्रति मतदाता खर्च ४९३ रहेको बताउनु भयो । उहाँले यो स्थानीय तहको निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको र जसमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ८१ हजार ५३० रहेको बताउनु भयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा कुल उम्मेदवार १ लाख ४५ हजार १३ रहेको र जसमा पुरुष ८९ हजार ३१४ र ५५ हजार ६९९ महिला उम्मेदवार रहेको बताउनु भयो । उहाँले निर्विरोध निर्वाचित ३९० जना रहेको बताउनु भयो । त्यस्तै निर्वाचित पुरुष २० हजार ६३० र निर्वाचित महिला १४ हजार ४६६ रहेको जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले १३७ पुरुष र ४ महिला गरी १४१ प्रमुख पद जितेको बताउनु भयो । नेपाली काँग्रेसले प्रमुख पदमा २२ लाख ७९ हजार ३६३ प्राप्त मत गरेको छ । त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले २२ पुरुष, ८८ महिला गरी जम्मा ११० सिट जितेको छ । जसमा प्राप्त मत १५ लाख १५ हजार ३९८ रहेको प्रवक्ता शर्माले बताउनु भयो । त्यस्तै नेपाली काँग्रेसले अध्यक्ष १८८ र १९० सिट उपाध्यक्षको जितेको छ । त्यस्तै नेकपा एमालेले ७७ पुरुष ६ महिला ८३ सिट प्रमुखमा जितेको छ ।

प्रमुख पदमा प्राप्त मत २३ लाख ४८ हजार ७०९ रहेको छ भने उपप्रमुखमा ११ पुरुष, १०४ महिला गरी ११५ सिटमा विजयी भएको छ । उपप्रमुखमा २२ लाख ७० हजार ३२४ प्राप्त मत गरेको छ भने अध्यक्षमा १२३ र १२६ सिट उपाध्यक्षमा जितेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले २४ पुरुष १ महिला गरी २५ प्रमुखमा जित हात पारेको छ । प्रवक्ता पौडेलका अनुसार प्रमुखमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६९३ मत प्राप्त गरेको छ । उपप्रमुखमा १८ पुरुष १५ महिला गरी ३३ सिट जित्दा मत ९ लाख ४९ हजार ८५८ पाएको छ भने अध्यक्ष ९६ र उपाध्यक्ष, ९५ ठाउँमा पाएको छ । त्यस्तै जनता समाजवादी पार्टी, नेपालले प्रमुखमा ९ सिट प्राप्त गरेको छ । जसमा सबै पुरुष छन् । त्यस्तै प्राप्त मत ३ लाख ३ हजार २६१ रहेको छ ।

उपप्रमुखमा २ पुरुष १० महिला गरी १२ सिट जितेको छ भने उपप्रमुखमा प्राप्त मत ३ लाख २१ हजार ८९३ रहेको छ । अध्यक्षमा २१ र उपाध्यक्षमा १९ सिट जितेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले ११ पुरुष १ महिला गरी प्रमुखमा १२ सिट जितेको छ । प्रमुख पदमा आएको मत ३ लाख १८ हजार २६० रहेको छ । उपप्रमुखमा ४ पुरुष, ७ महिला गरी ११ सिट जितेको छ भने प्राप्त मत ३ लाख ८८ हजार २०५ रहेको छ । प्रवक्ता पौडेलका अनुसार एकीकृत समाजवादीले अध्यक्ष ८ ठाउँमा र उपाध्यक्ष १२ स्थानमा जितेको छ ।

यस वर्ष कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेका थिए । जसमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ८१ हजार ५३० थिए । अन्य मतदाता १८३ जना थिए । स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ रहेको निर्वाचन आयोगले जनाएको छ ।