८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द

इलामको झण्डीडाँडामा धरहरा निर्माण

इलामको झण्डीडाँडामा धरहरा निर्माण
अ+ अ-

मङ्गलबारे । इलामको रोङ गाउँपालिकास्थित झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि रोङ–६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको हो ।

तराईबाट छोटो दूरीमा पर्ने करसोङ पदमार्गमा पर्ने झण्डीडाँडा पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । झण्डीडाँडाको आकर्षणका लागि गाउँपालिकाले रु १२ लाख रकम विनियोजन गरेर उक्त क्षेत्रको सुन्दरीकरण बढाउने काम गरेको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो ९सुवास०ले जानकारी दिनुभयो ।

उहाँका अनुसार आकर्षणका लागि धरहरासहित डाँडामा जाने सिँढी निर्माण, रेस्ट हाउस, वरिपरि रङ्रोगन तथा रेलिङ निर्माण र फोहोर व्यवस्थापनका लागि डस्बिन राखिएको छ । झण्डीडाँडाको चुचुरोमा आकर्षक धरहरा निर्माण गरिएको हो । सो क्षेत्रको वरिपरिसमेत व्यस्थित गर्ने कार्य गरिएको गाउँपालिकाले जानकारी दिएको छ । डाँडाको चुचुरोमा राखिएको धरहरा १६ फिट अग्लो रहेको छ । नौतले धरहरासहितको रङ्रोगनले अझ सुन्दरता थपिएको छ ।

झापाबाट नजिक पर्ने सो क्षेत्रमा पछिल्लो समय पर्यटकको सङ्ख्या वृद्धि भइरहेको स्थानीयले बताएका छन् । तराईको उत्पातको गर्मी छल्नका लागि झण्डीडाँडामा पर्यटक आउने गरेका हुन् । झण्डीडाँडा सूर्योदय र सूर्यास्थको दृश्यावलोकनका लागि चर्चित बन्दै गएको छ । झण्डीडाँडामा गाउँपालिकाले पूर्वाधारका निर्माणको काम गरिरहेको छ ।

विशेष गरेर झण्डीडाँडादेखि मुनि रहेको सलकपुर सुन्तला फलेकै कारण चर्चामा छ । सुन्तला खान र लैजानका लागि छिमेकी देश भारतबाट सिजनमा हजारौँ पर्यटक आउने गरेका छन् । त्यस्तै सँगै रहेको पाथीभरा मन्दिर, करसोङ पदमार्ग, हरियाली अनेकौँ जातजातिका वनस्पतिका कारण पनि सो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

हाँसपोखरीबाट सुरु हुने पदमार्गको बीचमा पर्ने गुगलडाँडा, झण्डीडाँडा, सलकपुर हुँदै झापाको बाहुनगाँडी जोडिने भएकाले पनि यहाँ धेरै पर्यटक आउने गरेका छन् । दुई जिल्लाका पर्यटक मात्र नभएर सो क्षेत्रमा नजिकै रहेको भारतबाट समेत उत्तिकै पर्यटक आइरहेका छन् । बर्खाको सिजन भए पनि यसबेला पनि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।

पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएपछि बस्नका लागि होमस्टे निर्माण भइरहेका छन् । यस क्षेत्रमा दर्जनको सङ्ख्यामा बास बस्ने होमस्टे सञ्चालित छन् । पछिल्लो समय गाउँपालिकाले समेत यसको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । पर्यटकले स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूलसमेत लैजाने भएकाले सो क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुँदै गएको छ ।