२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगन्ज’ ट्रेलरः दुई पुस्ताको आकर्षक प्रेमगाथा



अ+ अ-

काठमाडौँ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ ।

प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन् ।

फिल्मको ट्रेलर सुरक्षा पन्तको मनोलगसँगै सुरु भएको छ । तर निर्माण टिमका अनुसार फिल्म भित्र सुरक्षा पन्त अतिथि भूमिकामा मात्र रहेकी छिन् । ट्रेलरमा भने उनले कथा वाचकको जिम्मेवारी निर्वाह गरेकी छिन् ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ । योसँगै फिल्म युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।

अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ । फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।