• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित ★   प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित ★   राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित ★   हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छः अध्यक्ष नेपाल ★   खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेका विद्यार्थीको पढाइको ग्यारेन्टी लिन सरकारसँग माग ★   दुई पटक बयान दिएको व्यक्तिलाई फरार अभियुक्त बनाइयो, गृहमन्त्रीले जवाफ दिनुपर्छः सांसद खतिवडा

सीसीटीभी फुटेज विश्लेषण गर्न विज्ञहरुसहित छानबिन समितिको अर्को बैठक सुरु



काठमाडौं । संसदीय छानबिन समितिको बैठक सुरु भएको छ ।

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमाथि विश्लेषण गर्न आजै बिहान पनि बैठक बसेको थियो । केहीबेरअघि सुरु भएको बैठकमा नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका विज्ञहरु पनि सहभागी हुनेछन् ।

बिहान बसेको समिति बैठकले फुटेजमा देखिएका दृश्यहरु प्रस्ट नभएकाले प्रयोगशालाका विज्ञहरुलाई बोलाउने निर्णय गरेको थियो । सोहीबमोजिम अहिले विज्ञहरुसँग छलफल गर्न लागिएको हो भने विज्ञहरु छलफलका लागि सिंहदरबार प्रवेश गरिसकेका छन् ।

अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सिसिटिभी फुटेज ‘रिकभर’ भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गठित समितिले फरेन्सिक ल्यावको रिपोर्ट खोलेको थियो ।

संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको हो ।

रिपोर्टमा १४ गते रातिकै सिसिटिभी फुटेज भएको उल्लेख भए पनि कुनै पनि भिडियो नबुझिने र फुजेट ५० वटाभन्दा टुक्रामा छ ।

ती क्लिपहरु केही सेकेन्डको रहेको र राम्रोसँग स्पष्ट नदेखिने छ । फुटेजमा मान्छेहरु आहोरदोहोर गरेको जस्तो देखिए पनि स्पष्ट देखिँदैन ।

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो ।

सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।