२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव संसाधन विकासमा जापानको ३५ करोड सहयोग



अ+ अ-

काठमाडौँ । नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ (३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र यहाँस्थित जापानी दूतावासका चार्ज डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गर्नुभयो । द्विपक्षीय सहयोग सम्झौतामा भने अर्थमन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधि तानाका तोमोकोले हस्ताक्षर गर्नुभयो ।

जापान सरकारले मानव संसाधनको विकासमा चरणबद्ध रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रम अन्तर्गत २० जनाले स्नातकोत्तर र दुई जनाले विद्यावारिधि कार्यक्रमका लागि छात्रवृत्ति पाउने छन् । विश्वविद्यालयको खर्च, आवास खर्च, बीमालगायतमा खर्च गर्ने गरी सहयोग उपलब्ध भएको हो । स्नातकोत्तर कार्यक्रम दुई वर्षको र विद्यावारिधि तीन वर्षको हुनेछ ।

कर्मचारीले पाउने उक्त छात्रवृत्तिले प्रभावकारी रुपमा नागरिकको सेवा गर्ने भावनाको विकास गर्ने विश्वास लिइएको छ ।