२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानका प्रमुख साम्पाङसहितले गाएको गीत सार्वजनिक



अ+ अ-

धरान । धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राई (साम्पाङ)सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ । सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो । गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गर्नुभएको छ ।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरु राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका प्रमुख हर्क साम्पाङले पनि स्वर दिनुभएको छ । गीतमा मनोज मोतेले सङ्गीत भर्नुभएको छ । धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको हो ।

कार्यक्रममा धरान–८ स्थित अनुपमा प्याकेजिङ उद्योगले उत्पादन गरेको प्रिमियम सिटिसी चिया धरान पनि नगर प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरिएको थियो । हलुवाइले धरानमा पदयात्रा संस्कृतिलाई व्यापक गर्न लामो समयदेखि अभियान चलाउँदै आउनु भएको छ । स्वास्थ्यका लागि हिँडौँ भनेर उहाँले प्रत्येक शनिबार नयाँ नयाँ ठाउँमा समूह बनाएर पदयात्रा गर्दै आउनुभएको छ । हलुवाइको अभियानको प्रभावले धरानमा पदयात्रामा निस्कने धरानेहरुको सङ्ख्या ठूलो छ । पदयात्राको अगुवाइ गरिएकाले यहाँ उहाँ ‘हाइकिङ बाबा’को नामले पनि परिचित हुनुहुन्छ । उनै हलवाइले रचना गरेको हाइकिङ गीत सोमबार सार्वजनिक गरिएको हो ।