९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीको लोगो सार्वजनिक



अ+ अ-

काठमाडौं । आसन्न नेपाल टी–२० लिगको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले सोमवार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिग मध्येको लुम्बिनीले लोगो सार्वजनिक गरेको हो । ६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा अहिलेसम्म चार टोलीको टुङ्गो लागेको छ । सार्वजनिक चार मध्येमा तीन टोलीमा भारतीय मालिक रहेका छन् भने एक टोलीले नेपालको प्रतिनिधित्व गर्दैछ । यद्यपि दुई टोलीको टुङ्गो छिट्टै लाग्ने क्यानले जनाएको छ ।

क्यानको ड्रिम प्रोजेक्ट अन्तर्गतको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ । खेल कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुने तालिका रहेको छ । आधिकारिक लोगो सार्वजनिक गरेको लुम्बिनी प्रतियोगिताका लागि लोगो घोषणा गर्ने पहिलो टोली समेत बनेको छ । कार्यक्रममा बोल्दै टोलीका प्रमुख सञ्जय शर्माले यस लिगमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनु भयो ।