२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चन अभिनित ‘उचाईं’ को प्रदर्शन नोभेम्बर ११ मा हुने



अ+ अ-

बलिउडका अभिनेता अमिताभ बच्चनले अभिनय गरेको हिन्दी कथानक पारिवारिक मनोरंजनात्मक चलचित्र ‘उचाईं’ आगामी नोभेम्बर ११ (कार्तिक २५ गते) मा रिलिज हुने समाचार एजेन्सी एएनआईले जनाएको छ । यो चलचित्रको छायाँकन नेपालमा पनि भएको थियो ।

यो चलचित्रको निर्देशन सूरज बर्जात्यले गरेका हुन् । राजश्री प्रोडक्सनले यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, सारिका, परिनिती चोपरा लगायतका कलाकारले अभिनय गरेका र चलचित्र निकै उत्कृष्ट बनेको जनाएको छ । यसमा वरिष्ट कलाकार डेनी डेन्जोङ्पा पनि छन् ।

यो चलचित्र सन् २०२१ को अक्टोबरमा नेपालबाट छायाँकन शुरु गरिएको थियो । सन् २०२२ को अप्रिलमा अनुपम खेरले इन्स्टाग्राममा चलचित्र निर्माण पूरा भएको बताएका थिए ।

सूरज बर्जात्यले यसअघि सन् २०१५ मा निकै लोकप्रिय चलचित्र ‘प्रेम रतन धन पायो’ को निर्देशन गरेका थिए जसमा सल्मान खान, सोनम कपूर र अनुपम खेरको मुख्य भूमिका थियो ।