२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा जडीबुटी सङ्कलनबाट ४० लाख राजस्व सङ्कलन



फाईल फोटो
अ+ अ-

मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी सङ्कलनबाट रु ४० हजार १६ हजार ६४ राजस्व सङ्कलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट पनि उक्त राजस्व सङ्कलन भएको हो ।

सो आवमा जिम्बु सङ्कलनबाट रु ३९ हजार ९८, वन लसुनबाट रु ३४ हजार ५१२, गुची च्याउबाट रु १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट रु ३६ लाख २९ हजार ५०१ र टिम्बरबाट रु दुई लाख ९५ हजार ४९९ राजस्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । गत वर्ष कोभिड– १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो । गतवर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताउनुभयो । कुनै पनि रोगको सङ्क्रमण नहुँदा सहज रुपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी सङ्कलनमा आउनेको सङ्ख्या बढेपछि राजस्वमा वृद्धि भएको हो ।

गत आर्थिक वर्ष मनाङमा ४०.५ किलोग्राम जडीबुटी सङ्कलनबाट रु १३ लाख ९७ हजार २५० राजस्व सङ्कलन भएको थियो । सङ्कलित राजस्व सङ्घीय सरकारअन्तर्गत वित्तीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत सङ्घ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५÷२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको गौतमले बताउनुभयो ।

जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको उहाँले बताउनुभयो । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर लगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् ।

नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छन् । ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ । ठेकेदारले कममा रु ३० हजारदेखि ४० हजारसम्म पूर्जी काटेर ठेक्का लिने गरेका गर्दछन् । करिब दुई महिना खर्कमा बसेर जङ्गली जडीबुटी सङ्कलन गर्ने गर्दछन् ।