२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी



अ+ अ-

सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार २५० किलो तरकारी निकासी गर्दा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को रकम सङ्कलन गरेको हो ।

साथै आव २०७८/७९ को अन्तिम महिना असारमा ५५ लाख ५० हजार २०० किलो तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार ५०० बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो ।

आव २०७८/७९ को पहिलो महिना साउनमा ५५ लाख ५० हजार २०० किलो तरकरीबाट रु १९ करोड ६४ लाख ७४ हजार २५०, भदौमा ५४ लाख ४० हजार ८०० किलोको रु २४ करोड तीन लाख ६१ हजार २५०, असोजमा २७ लाख १८ हजार ४०० किलोको रु १० करोड ६७ लाख २२ हजार ४५०, कात्तिकमा १५ लाख ४७ हजार नौ किलोको रु आठ करोड ६५ लाख ५५ हजार २५०, मङ्सिरमा ४७ लाख २१ हजार ९५० किलोको रु २५ करोड १२ लाख ३३ हजार ५०० पुसमा ६७ लाख पाँच हजार ५५० किलोको रु २८ करोड चार लाख ९७ हजार २०० रकम प्राप्त भएको छ ।

यस्तै माघमा आठ करोड ५९ लाख सात हजार ३० किलोको रु ३० करोड ८५ लाख ८५ हजार ६२५, फागुनमा ८१ लाख २५ हजार २०० किलोको रु ३४ करोड ५८ लाख ३१ हजार ७५, चैतमा ३७ लाख ६५ हजार १०० किलोको रु १३ करोड ८६ लाख एक हजार, वैशाखमा ३८ लाख ४० हजार ३०० किलोको रु १८ करोड ९९ लाख ४० हजार ६३० र जेठमा ४४ लाख आठ हजार ३०० किलोको रु १० करोड ५३ लाख ५२ हजार २०० बराबरको तरकारी निकासी भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेडा, परबल, बोडी, सिमी, भण्टा, करेलालगायतका तरकारी उक्त बजारमा आउने गरेको छ । देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको तरकारी थोक बजार व्यवस्थापन समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिनुभयो ।

त्यसमध्ये गोभेडा ५० प्रतिशत, परबल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत गरी कूल छ करोड एक लाख ६३ हजार २५० किलोको रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी लालबन्दीबाट निकासी भएको हो ।