२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–२० च्याम्पियनसिपः उपाधि जित्ने नेपालको दाबी



अ+ अ-

काठमाडौं । भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गर्नुभएको छ ।

भुवनेश्वरमा आईतवार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताउनुभएको हो । कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट युवा टोली तयार गर्नुभएको छ । प्रतियोगिताका लागि टोलीले २ महिनादेखि तयारी गरेको र यस टोलीबाट आपूm धेरै आशावादी रहेको बताउँदै उपाधि जित्ने बताउनु भयो ।

यस्तै प्रि–म्याचमा कप्तान आयुष घलानले प्रतियोगिताका लागि आफ्नो टोली तयार भएको बताउनु भयो । उहाँले माल्दिभ्सबिरुद्ध हुने पहिलो खेलमा ३ अंकका लागि खेल्ने बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले मंगलवार माल्दिभ्ससँग प्रतिष्पर्धा गर्न लागेको हो । भुवनेश्वरको कालिंगा रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । उता पहिलो प्रतिद्वन्दीको रुपमा नेपालबिरुद्ध मैदान उत्रिन लागेको माल्दिभ्साका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको कारण खेल्न कठिन हुने बताउनु भयो ।

उहाँले आफ्ना अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो । यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने तालिका छ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।