• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा सदस्यमा सुहाङको शपथ आज ★   पार्टी विभाजनविरुद्ध जसपा नेपाल आज अदालत जाँदै ★   आलिया भट्ट फेरि डिपफेकको सिकार भइन् ★   काठमाडौंको गौरीघाटमा आगलागी ★   २४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु ★   दिल्लीले राजस्थानलाई २० रनले हरायो, राजस्थानले प्लेअफका लागि अन्य खेल कुर्नुपर्यो ★   आज मातातीर्थ औँशी : मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो ★   पिएसजीलाई पाखा लगाउँदै डर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा ★   अन्तर कलेज फुटसल प्रतियोगिता एक्सन स्पोर्ट एचडी १ च्यानलले प्रत्यक्ष प्रशारण गर्ने ★   विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईको निधन, दुई घाइते

ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ ।

बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ ।

यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात रु. १०,००० रहेको छ ।

यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पु¥याउने बैंकको विश्वास रहेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल यस्ता योजनाहरु सार्वजनिक गर्दै ग्राहकहरुलाई उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।