२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक पारित गराएकोमा आपत्ति जनाउँदै सत्तारुढ गठबन्धनप्रति नारायणकाजी श्रेष्ठको आक्रोश



अ+ अ-

नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नु भयो । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गर्नु भयो । दलहरुमा बैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नु अघि नै राखेको छु , राष्ट्रिय सभामा बोलेको छु त । पारित गर्नु अघि ठाउँमा बोल्नु छैन । आफ्नो पार्टीमा पनि राखे । राष्ट्रियसभामा पनि बोले । त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसके त । यस सम्बन्धमा विचारको समस्या होईन । बैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हँुदै गएको समस्या हो । तत्कालीक राजनीतिक स्वार्थहरुबाट प्रेरित हुँदै गएको समस्या हो । त्यसको कारणले चुनौति बढेको हो । र, खतरा पैदा भएको हो ।’

नेता श्रेष्ठले दलहरुले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहो¥याउनु भयो ।

 




भर्खरै