२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद रामबाबु कुमार यादवले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले खेतीको समयमा पानी नपरेर मधेस प्रदेशका किसानहरु समस्यामा परेको बताउनु भयो । उहाँले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभयो । उहाँले बन्द रहेका नहरहरु सञ्चालन गर्न, बन्द भएका डिप ट्वीवेलहरुमा मोटर जडान गरी सञ्चालन गर्न र विद्युतको जडान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले किसानलाई विद्युत पूर्ण रुपमा छुट गराउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘सरकारलाई रुलिङ होस् आजैका दिनदेखि बन्द भएका नहरहरु, बन्द भएका डिप ट्वीवेलहरु जसमा मोटर जडान गर्न बाँकी छ मोटर जडान गरोस् । विद्युतको काम बाँकी छ, विद्युत जडान गरोस् तर आजैदेखि सिचाइँमा जाओस् । मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरियोस् । त्यहाँको किसानको राहतको लागि प्याकेज लिएर आओस् । विद्युत पूर्ण रुपले छुट गरियोस् । प्रत्येक किसानलाई प्रतिविगाह १० हजारका दरले सिचाइँ गर्न, बिउ जोगाउनका लागि, धानको बेर्ना जोगाउनको लागि सरकारले राहत प्याकेज लिएर जाओस् यो माग गर्न चाहन्छु ।’

उहाँले बैंकले कृषिमा लगानी बन्द गरेको भन्दै यसले किसानहरु मारमा परेको बताउनु भयो । सांसद यादवले किसानलाई प्रतिविगाहा १० हजारका दरले राहत दिनुपर्ने बताउनु भयो ।