९ भाद्र २०८३, मंगलवार
,
Latest
मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित तीन हजार नाघे



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार ८८८ परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ र एक हजार ५२८ एन्टिजेन परीक्षणमा ४४ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।