• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित: महासचिव पोखरेल



सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको आरोप लगाउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भन्नुभयाे , ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’

पत्रकार सम्मेलनमा उहाँले हतारमा नागरिकता विधेयक पारित गर्दा नेपाली चेलीहरुले अन्याय बेहोर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने बताउनुभयाे ।

नागरिकता विधेयकले नेपाल र भारतमा बिहे गरेर आउने चेलीहरुमा असमानता सिर्जना गरेको उहाँको टिप्पणी थियो । उहाँका अनुसार नेपाली चेलीहरुले भारतमा बिहे गर्दा उनीहरुले भारतको नागरिकता पाउन सात वर्ष कुर्नुपर्छ तर भारतीय चेलीहरुले नेपालमा बिहे गरेर आउँदा तत्कालै नागरिकता पाउने छन् ।

महासचिव पोखरेलले आगामी मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई पराजित गर्न एमाले सक्षम रहेको जिकिर गर्नुभयो ।