२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता र गठबन्धन टिकाउन नागरिकता विधेयक पारित: महासचिव पोखरेल



अ+ अ-

सुर्खेत । नेकपा (एमाले) का महासचिव शंकर पोखरलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको आरोप लगाउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भन्नुभयाे , ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’

पत्रकार सम्मेलनमा उहाँले हतारमा नागरिकता विधेयक पारित गर्दा नेपाली चेलीहरुले अन्याय बेहोर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने बताउनुभयाे ।

नागरिकता विधेयकले नेपाल र भारतमा बिहे गरेर आउने चेलीहरुमा असमानता सिर्जना गरेको उहाँको टिप्पणी थियो । उहाँका अनुसार नेपाली चेलीहरुले भारतमा बिहे गर्दा उनीहरुले भारतको नागरिकता पाउन सात वर्ष कुर्नुपर्छ तर भारतीय चेलीहरुले नेपालमा बिहे गरेर आउँदा तत्कालै नागरिकता पाउने छन् ।

महासचिव पोखरेलले आगामी मंसिरमा हुने संघीय र प्रदेशसभा निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई पराजित गर्न एमाले सक्षम रहेको जिकिर गर्नुभयो ।