२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगन्ज’ युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ । चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ ।

अहिलेसम्मको नेपाली चलचित्रको ईतिहास हेर्ने हो भने धेरै चलचित्र बिदेशमा पदर्शन त भएका छन । तर नेपालीले नेपाली कम्युनिटीमा नै ब्यतिगत रुपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ ।

तर अब “प्रेमगन्ज“ भने सार्वजनिक रुपमै बिदेशी चलचित्र सरह बिदेशी दर्शकहरुमाझ थिएटर मै प्रदर्शन हुने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली ईतिइहास मै पहिलो पटक हो । प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगाएत युरोपका ४४ देशमा पर्दर्शन हुने छ ।

चलचित्र प्रेमगन्जलाई जर्मनी अबस्थित लकाह फिल्म ईन्टरटेनमेन्ट ले युरोप पर्दर्शन गर्दै छ । जुन जर्मनीको प्रतिन्ठित बितरक कम्पनी हो ।

अन्तर्राष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो । अहिले हामिले पैसा भन्दा पनि बाटो खोजिरहेका छौँ । यसले गर्दा भबिस्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्ने छ । निर्देशक परिच्छेद सेनले भने ।

निर्देशले भन्छन्, चलचित्रको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको छौँ । सबैले नेपालमा पनि फिल्म इन्डट्री छ? भनेर सोध्नु हुन्छ , यसरी सोध्दा भने दुख लाग्छ । तर एक्प्प्ल टि.भि. गूगल टि.भि, हट्स्टार लगायतका ले चलचित्र हेर्न खोजिरहनु भएको छ ।

इन्डिया रिलिज पनि पी.भि.आर जस्तो प्रतिष्ठित कम्पनीले बितरण गर्ने कुरा छ । हामी नया फिल्म मेकर भएर पनि उहाहरुले हाम्रो फिल्म प्रती चासो देखाईरहनु भएको छ, हामिलाई फिल्म मेकर भनेर स्वीकार गरिरहनु भएको छ । हामी अहिले यतिमै खुसी छौ ।

हेरौ कहाँ कहाँ प्रदर्शन गर्न सकिन्छ । हामीले यो चलचित्र बाट पैसा कमाउने भन्दा पनि आगामी चलचित्रका लागि बाटो खोजिरहेका छौँ निर्देशकले कुरा थपे । प्रेमगन्ज भारतमा पनि एकसाथ प्रदर्शन हुँदै छ । यही भाद्र तीन गते राष्ट्रिय , अन्तर्राष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुँदै छ ।