• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार दुई हजार ९९६ परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ८६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ पुगेको छ ।