• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

कर्जा केन्द्रीकरणलाई निरुत्साहन गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिनुभएको हो ।

केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको सुविधामा आवश्यक पुनरकर्जाको प्रबन्धमा केही संशोधन गरिएको उहाँले जानकारी दिनुभयो ।

रुस र युक्रेन युद्धका कारण परेको वैदेशिक चापका कारण आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैंकले लिएको छ ।

सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्यवृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।

शेयर कर्जाको अधिकतम सीमा रु १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ ।