• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक संचालक समितिले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हो ।

मौद्रिक नीति सार्वनजिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) लाई बढाउने बताए ।

मौद्रिक नीतिलाई कसिलो बनाइएको र कर्जालाई उत्पादशील क्षेत्रतर्फ लक्षित गरिने उनले जानकारी दिए ।