२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको संसदले वि.पि. कोईरालालाई सम्झिनुपर्ने: मिनेन्द्र रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.मिनेन्द्र रिजालले नेपाली काँग्रेसका संस्थापक तथा पूर्व सभापति वि.पि. कोईरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताउनुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रिजालले आज वि.पि. कोईरालाको स्मृति दिवस भएको र विपी नेपालको पहिलो संसदको नेता भएकाले उहाँलाई संसदले स्मरण गर्नुपर्ने बताउनुभएको हो । वि.पि.ले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दापनि नेपाली जनतालाई केन्द्रमा राखेको उहाँले बताउनु भयो ।

सांसद रिजालले कोईरालाले नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो – ‘आज वि.पि. स्मृति दिवस हो । वि.पि. नेपालको पहिलो संसदको नेता मात्रै होइन नेपाललाई लामो समयसम्म एउटा गुन लगाएर जानुभएको छ । सुवर्ण समशेरले वि.पि.लाई सभापति फिर्ता गर्दा नासो बुझाएँ भन्नुभयो । वि.पि. ठूलो कि आफू ठूलो भनेर भेट्न गएका गणेशमान सिंहले पहिलो भेट पछाडी रामभक्त हुनमान भनेझैँ वि.पि.भक्त गणेशमान भएँ भन्नुभयो । सूर्यप्रसाद उपाध्यायको वि.पि. रोगसँग गाजिएको बेलाको भेटमा दुवै नेताको आँखाको आर्द्र देख्दा सबैले कल्पना गर्नसक्छ कति प्रेम र स्नेह भाव थियो । कृष्णप्रसाद भट्टराई वि.पि.को अन्तिम दिनमा पाँच रुपैयाँको भुटेको चना बोकेर उहाँलाई पु¥याउन जाँदा भित्र कुरा गर्न आउनुस् भन्दा मेरो नेतालाई दर्शन गरेँ पुग्यो भन्नुभयो । यस्तो नेता जो सबैभन्दा माथि उभिएर बस्नुभएको थियो । कहिल्यै जीवनमा जनताको प्रतिनिधि हुँ भन्ने गुमाउनु भएन । राजासँग लड्दा पनि, राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर, नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभयो । त्यो वि.पि. कोईरालालाई स्मरण आज संसदले गर्नुपर्छ । त्यसैले मैले समय मागेको सभामुखज्यू ।’

सांसद रिजालले वि.पि. कोईरालाका समकालिन नेताहरु सुवर्ण समशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुले समेत वि.पि. कोईरालालाई उच्च सम्मान गर्ने गरेको प्रशंग उठाउनुभएको थियो ।