• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट

भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता बाँड्ने काम नहोस्ः दुर्गा पौडेल



काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताउनु भयो । सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताउनु भयो ।

उहाँले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गर्नुभयो । सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताउनु भयो । उहाँले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था,सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताउनु भयो । सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नागरिकता कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था,सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुनेगरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन हुन्छ । त्यसमा विदेशी महिलाहरुले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशले अलगअलग समय दिएर राखेको अवस्था छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै नागरिकता राष्ट्रियतासँग जोडिएको कुरा हो,हाम्रो खुल्ला सीमाना छ । नेपालले नागरिकता प्रदान गर्ने विधि कठोर बनाउनुपर्छ फितलो होइन भनेर संविधान सभामा नै संशोधनसहित समर्थन गरेका थियौं ।

अहिले पनि त्यही कुरा हाम्रो धारणा छ । हाम्रो नागरिकतामा वंशज र अगिकृत जुन छ । त्यो अत्यन्त महत्वपूर्ण कडी हो । वंशजको नागरिकता पुर्खाहरुले लडेर रगत बगाएर वंशजको नागरिकतालाई स्थापित गरेका हुन् । त्यसैले वंशजको नागरिकता जन्मको आधारमा दिनेकुरा गलत हुन्छ । हामीले त्यसरी जानु हुँदैन । जानु हुँदैन भन्ने मेरो संशोधन छ । हाम्रो खुल्ला सीमानामा जन्मको आधारमा नागरिकता दिने हो भने हामी स्वयं नेपाली आफैँ अल्पमतमा पर्नसक्छौं ।

विशाल ठूला देशको बीचमा सानो देश नेपाल छ । यस्तो देशको भू राजनीतिक अवस्थालाई हेर्दा यस्तो नागरिकता प्रदान गर्ने विधि यो राष्ट्रघाती र आत्माघाति नै हुन्छ भोलि गएर हामीलाई । यो विषयमा सरकारले ध्यान पु¥याउन जरुरी छ भन्ने लाग्छ । विवाह गरेकै आधारमा नागरिकता दिने कुनै विधि शास्त्रिय सिद्धान्तको आधारमा कुनै पनि आधारमा सहि छैन । यस्तो विधि छ भने सभामुख महोदयमार्फत जनताले बुझ्ने गरी सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ दिन अनुरोध गर्दछु ।

हाम्रो जस्तो मुलुकको हकमा अगिकृत नागरिकताको पुरानै प्रावाधान छ । पुरानै प्रावाधानलाई अगाडि बढायौं भने पुग्छ । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर भारतमा चुनाव हारेर नेपालको संसद हुने गरी नागरिकता वितरण गर्नु भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । वंशजको कुरा अंगिकृतले त्यो पाएको अवस्था छ । हामीले वंशजको नागरिक त्यो नै हुनसक्छ । जसको बुबा र आमा दुवै वंशजका छन् भने त्यो नागरिक वंशजको हुनुपर्छ ।

एउटा पुस्तान्तरण हुँदै जाँदा पछि पाउने कुरा अलग हो । अगिकृत नागरिकलाई जन्मकै आधारमा वंशजको नागरिकता प्रदान गर्ने विधि कुनै शास्त्रियले पनि दिँदैन । यो कुनै सिद्धान्तले पनि दिँदैन । यो विषयमा हामी गम्भिर हुन जरुरी छ । वंशजको नागरिकता पाउनको लागि बुबा र आमा वंशजको चाहिन्छ । अगिकृत नागरिकता विवाहित महिलाको हकमा ७ वर्षको प्रावाधानलाई कायम राखेरै जानुपर्छ । अन्यथा हामीले यो नागरिकता दिँदै गर्दा देशको राष्ट्रियतासँग जोडिएको कुरा प्रति गम्भिर हुन सकेनौं भने धेरै ठूलो क्षति भोग्नुपर्छ ।’

उपाध्यक्ष पौडेलले बुबा र आमा दुबै वंशजका छन भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताउनु भयो ।