९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता बाँड्ने काम नहोस्ः दुर्गा पौडेल

भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता बाँड्ने काम नहोस्ः दुर्गा पौडेल
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रवार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताउनु भयो । सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताउनु भयो ।

उहाँले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गर्नुभयो । सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताउनु भयो । उहाँले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था,सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताउनु भयो । सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नागरिकता कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था,सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुनेगरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन हुन्छ । त्यसमा विदेशी महिलाहरुले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशले अलगअलग समय दिएर राखेको अवस्था छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै नागरिकता राष्ट्रियतासँग जोडिएको कुरा हो,हाम्रो खुल्ला सीमाना छ । नेपालले नागरिकता प्रदान गर्ने विधि कठोर बनाउनुपर्छ फितलो होइन भनेर संविधान सभामा नै संशोधनसहित समर्थन गरेका थियौं ।

अहिले पनि त्यही कुरा हाम्रो धारणा छ । हाम्रो नागरिकतामा वंशज र अगिकृत जुन छ । त्यो अत्यन्त महत्वपूर्ण कडी हो । वंशजको नागरिकता पुर्खाहरुले लडेर रगत बगाएर वंशजको नागरिकतालाई स्थापित गरेका हुन् । त्यसैले वंशजको नागरिकता जन्मको आधारमा दिनेकुरा गलत हुन्छ । हामीले त्यसरी जानु हुँदैन । जानु हुँदैन भन्ने मेरो संशोधन छ । हाम्रो खुल्ला सीमानामा जन्मको आधारमा नागरिकता दिने हो भने हामी स्वयं नेपाली आफैँ अल्पमतमा पर्नसक्छौं ।

विशाल ठूला देशको बीचमा सानो देश नेपाल छ । यस्तो देशको भू राजनीतिक अवस्थालाई हेर्दा यस्तो नागरिकता प्रदान गर्ने विधि यो राष्ट्रघाती र आत्माघाति नै हुन्छ भोलि गएर हामीलाई । यो विषयमा सरकारले ध्यान पु¥याउन जरुरी छ भन्ने लाग्छ । विवाह गरेकै आधारमा नागरिकता दिने कुनै विधि शास्त्रिय सिद्धान्तको आधारमा कुनै पनि आधारमा सहि छैन । यस्तो विधि छ भने सभामुख महोदयमार्फत जनताले बुझ्ने गरी सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ दिन अनुरोध गर्दछु ।

हाम्रो जस्तो मुलुकको हकमा अगिकृत नागरिकताको पुरानै प्रावाधान छ । पुरानै प्रावाधानलाई अगाडि बढायौं भने पुग्छ । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर भारतमा चुनाव हारेर नेपालको संसद हुने गरी नागरिकता वितरण गर्नु भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । वंशजको कुरा अंगिकृतले त्यो पाएको अवस्था छ । हामीले वंशजको नागरिक त्यो नै हुनसक्छ । जसको बुबा र आमा दुवै वंशजका छन् भने त्यो नागरिक वंशजको हुनुपर्छ ।

एउटा पुस्तान्तरण हुँदै जाँदा पछि पाउने कुरा अलग हो । अगिकृत नागरिकलाई जन्मकै आधारमा वंशजको नागरिकता प्रदान गर्ने विधि कुनै शास्त्रियले पनि दिँदैन । यो कुनै सिद्धान्तले पनि दिँदैन । यो विषयमा हामी गम्भिर हुन जरुरी छ । वंशजको नागरिकता पाउनको लागि बुबा र आमा वंशजको चाहिन्छ । अगिकृत नागरिकता विवाहित महिलाको हकमा ७ वर्षको प्रावाधानलाई कायम राखेरै जानुपर्छ । अन्यथा हामीले यो नागरिकता दिँदै गर्दा देशको राष्ट्रियतासँग जोडिएको कुरा प्रति गम्भिर हुन सकेनौं भने धेरै ठूलो क्षति भोग्नुपर्छ ।’

उपाध्यक्ष पौडेलले बुबा र आमा दुबै वंशजका छन भने त्यो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने बताउनु भयो ।