५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन

पर्यटन क्षेत्र लयमा नआउँदा पोखरामा राजस्वको लक्ष्य पूरा हुन सकेन
अ+ अ-

कास्की । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो ।

गत आवमा कूल रु पाँच अर्ब १० करोड १७ लाख २८ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले रु चार अर्ब ८८ करोड चार लाख ४१ हजार मात्र सङ्कलन गरेको छ । सङ्कलित राजस्व लक्ष्यको रु २२ करोड १२ लाख ८७ हजार न्यून हो । कार्यालयले आयकरतर्फ लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरे पनि मूल्य अभिवृद्धि कर(मुअकर) र अन्त शुल्क लक्ष्यअनुसार सङ्कलन नहुँदा समग्र राजस्वको लक्ष्य पूरा हुन नसकेको हो ।

कार्यालयले आयकर शीर्षकमा रु दुई अर्ब ८४ करोड एक लाख २१ हजार सङ्कलनको लक्ष्य राखेकामा रु तीन अर्ब तीन करोड ५६ लाख जम्मा भएको कार्यालयले जनाएको छ । त्यो लक्ष्यको १०६ दशमलव ८८ प्रतिशत हो । यसैगरी मुअकरमा रु एक अर्ब ५७ करोड १० लाख ७८ हजारको लक्ष्य राखिएकामा रु एक अर्ब ३३ करोड ५५ लाख ४२ हजार सङ्कलन भएको प्रमुख कर अधिकृत एवं राजस्व कार्यालयका प्रमुख एवं प्रमुख कर अधिकृत रमेश शर्माले बताउनुभयो ।

कार्यालयले गत आर्थिक वर्षमा घरबहाल करतर्फ रु छ करोड ३९ लाख ३४ हजार, ब्याजकर रु ३५ करोड ३५ लाख १६ हजार, अन्तशुल्क रु १८ करोड ९७ लाख ५२ हजार, स्वास्थ्य सेवा कर रु १६ लाख ४१ हजार र शिक्षा कर रु चार लाख ३४ हजार सङ्कलन गरेको छ ।

कार्यालयले भने लक्ष्य पूरा हुन नसके पनि राजस्व सङ्कलन सन्तोषजनक नै रहेको जनाएको छ । विगतको राजस्वको वार्षिक वृृद्धिदरभन्दा कम भए पनि राष्ट्रिय औसतभन्दा माथि रहेकाले राम्रो नै मान्नुपर्ने कार्यालय प्रमुख शर्माले बताउनुभयो । कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढिरहेको र होटल तथा पर्यटन क्षेत्र कोभिड अघिकै लयमा फर्किन नसक्दा त्यस क्षेत्रबाट जम्मा हुने मूल्यअभिवृद्धि करमा कमी आएको र सरकारी कार्यालयको पूँजीगत खर्च कम हुँदासमेत राजस्वको समग्र लक्ष्य भेट्टाउन नसकिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शर्माले भन्नुभयो, “हाम्रो कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढी छ, होटल र पर्यटन क्षेत्र पुरानै लयमा फर्किन नसक्दा सो क्षेत्रबाट भ्याट आउन सकेन, पोखरा महानगरपालिका र प्रदेशस्थित कार्यालयबाट पनि गत वर्ष पूँजीगत खर्च कम हुँदा सरकारी कार्यालयबाट आउनुपर्ने मुअकर पनि सोचेअनुसार आउन नसक्दा हामीले लक्ष्य हासिल गर्न सकेनौँ ।”

आन्तरिक राजस्व कार्यालय पोखरामा गत असार मसान्तसम्म ६२ हजार ४७१ आयकरमा र ११ हजार ७१२ करदाता मूल्यअभिवृद्धि करमा दर्ता भएका छन् । यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या एक लाख ३० हजार ८७० रहेको कार्यालयका सूचना अधिकारी मदनबहादुर केसीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८/७९ मा आयकरतर्फ सात हजार ४६६, मुअकरमा एक हजार ३५ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने २२ हजार ५८३ करदाता थपिएका छन् ।