• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहामा निस्केको महासचिव पोखरेलको टिप्पणी



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गर्नु भएको छ ।

१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित अनलाईन समाचार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्क समेत गर्नु भयो । महासचिव पोखरेलले भन्नु भयो, ‘जति साना दलहरु मुलुकको राजनीतिमा हावी हुन्छन, त्यति मुलुकले सही बाटो समाउन सक्दैन ।

आज के देखिन्छ–तेस्रो÷चौंथो पार्टी प्रधानमन्त्री खोज्न हिडिराखेको, भौतारीराखेको सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र ? १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामथ्र्य राख्दैन । प्रधानमन्त्री खोज्न देश÷विदेश दौडाहामा कुदेको छ । यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त ? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ । जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन । लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने प्रणाली हो । हो यहीँ मान्यताको पैरवी गरिएको हो ।’

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाउनु भयो । उहाँले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेकोभन्दै आपत्ति समेत जनाउनु भयो । महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘सरकार भर्सेस भगर्नरको जे बहस चलिराखेको छ नि । यथार्थ के हो भने पैसा किन हराईरहेको छ भन्दा ब्ल्याक मनीलाई ह्वाईट मनी बनाउन खोज्दा पैसा हरायो । गभर्नर ब्ल्याकलाई ह्वाईट बनाउने कुराको विपक्षमा उभिनु भयो । गभर्नरको नीतिलाई सरकारले फ्लो गरेको भए पैसा हराउने नै थिएन । यस अर्थमा पैसा किन हरायो भन्ने कुरामा त्यसैले बताईरहेकै छ । अहिले गभर्नरमाथिको प्रहार नेकपा एमालेले विभाग गठन गर्दाखेरी राखिएको एउटा नाममा जोडेर गभर्नरमाथि अट्याक भएको छ । त्यो यतिसाह्रो हल्लाखल्ला गर्नुपर्ने विषय हो र ? नेकपा एमालेको विभागमा कति सदस्य छन ? कुनै चासो छ, कसैले प्रश्न गरेको छ ?

गभर्नरको विषयमा जे प्रकारणको अट्याक भएको छ । त्यो अट्याक चाँही के कारणले भन्दाखेरी ब्ल्याक मनीलाई ह्वाईट मनी बनाउने योजना असफल भएपछि अट्याक भएको भन्ने कुरा तपाईहामीले बुझेनौ भने मुलुकको श्रीलंकाकरण हुने जोखिम जुन छ, त्यसलाई जोगाउन सक्छौं ? अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तिय संकट खडा गर्नेहरुको प्रोत्साहन हुनु भएको हो । जवकी पार्टीले भनि सकेको छ–गभर्नर एमाले विभागको सदस्य होइनन । उहाँ स्वयम्ले भनिसक्नु भएको छ–म विभागको सदस्य होइन । यो विषयमा बहस असान्दर्भिक छ ।’

महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उहाँ स्वमय्ले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको पटक पटक दोहार्याउनुभयो ।