• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा

राष्ट्रिय सभाको शून्य समयमा सांसदले के भने ?



file

काठमाडौं । राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले कर्णाली प्रदेशमा रहेको पेट्रोल पदार्थ उत्खन्न गर्ने कामको जानकारी संसदलाई जानकारी गराउन माग गर्नुभएको छ ।

उहाँले पेट्रोलियम पदार्थ उत्खनन गर्न सम्बन्धित मन्त्रालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘कर्णाली प्रदेशको पेट्रोल उत्खन्नको काम कति भएको छ । सोको जानकारी सम्बन्धित मन्त्रालयले जानकारी दिनु आग्रह गर्दछु र उक्त कामलाई सरकारले प्राथमितामा राख्न आग्रह गर्दछु ।’

त्यस्तै सांसद नरबहादुर बिष्टले काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीलाई लखेट्ने काम गरेको भन्दै बिरोध गर्नुभयो । उहाँले व्यापारीलाई लखेट्ने भन्दा पनि उनीहरुलाई करको दायरामा ल्याएर रोजीरोटीको सरकारले नै सुनिश्चिता गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘ काठमाडौं महानगर पालिकाको फुटपाथमा रहेका व्यापारीलाई लखेट्ने काम भइरहेको छ । त्यसलाई व्यवस्थित तरिकाले करको दायरामा ल्याएर व्यापार गर्न दिन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सडकपेटीमा व्यापार गर्ने व्यापारीहरुलाई पनि करको दायरामा ल्याएर उनीहरुलाई रोजीरोटीको सुनिश्चिता गर्न सरकारलाई आग्रह गछु ।’

त्यस्तै सांसद भुवनबहादुर सुनारले देशलाई बेरुजुले आक्रान्त बनाएको बताउनु भयो । उहाँले स्थानीय,प्रदेश र संघीय तीनै तहमा बेरुजु बढ्दै गएपनि सरकारले बेरुजुलाई व्यवस्थित गर्न सरकार पछाडि परेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ अहिले देशमा रुजु र बेरुजुको कुरा चलिरहेको छ । बेरुजुले सबैतिर अहिले आक्रान्त बनाएको छ । हिसाब गर्नेहरुले कस्तो किसिमको लेखा प्रणाली अगाडी बढ्यो र बेरुजु बढ्यो भन्ने चर्चा बढ्न थालेको छ । बेरुजु स्थानीय,प्रदेश र संघीय सबै सरकारको उस्तै छ । बढ्दै गएको बेरुजुलाई व्यवस्थित गर्न राज्य किन पछाडि परेको छ ।

त्यस्तै सांसद सुरेशकुमार आलेमगरले नेकपा एमालेले एम अधिकारी खोटाङको हो भने तत्काल जानकारी दिनुपर्ने बताउनु भयो । उहाँले एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषय रहस्यमय बन्दै गएको बताउनु भयो । उहाँले भन्नुभयो,‘एम अधिकारी खोटाङ नाम र ठाउँको चर्चा बढी रहेको छ । मलाई लाग्छ आज घरघरकी कहानी जस्तो भएको छ भने यो रहस्यमय पनि बनेको छ । एमालेमा कुनै मान्छे लाग्न पाउँछ ।गभर्नर हुन योग्यता क्षमताका आधारमा पाउँछ तर दुवै व्यक्ति दुईतिर हुन पाउँदैन । यो व्यक्ति कोहो हामी जान्न चाहन्छौ । नेपाली जनता जान्न चाहन्छन् । नेकपा एमालेले जानकारी दिनुपर्छ ।’ सांसद आलेमगरले नेकपा एमालेको कुनै एउटा विभाग र राष्ट्र बैंकको गभर्नर पदमा बस्न नमिल्ने बताउनु भयो ।