२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन तोड्न चाँदीको तरबार बनाइराख्नु पर्दैन, स्वार्थको टकरावबाट आफैं फुट्छः ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले कतिपयले सत्तारुढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताउनु भएको हो । बुधबार काठमाडौंमा आयोजित पार्टीको वागमती प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आवद्ध दलहरु सबै स्वार्थी पूँँजीवादी बाटोमा हिँडेकाले उनीहरु कहिल्यै एकतावद्ध हुन नसक्ने तर्क समेत गर्नु भयो । सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताउनु भयो । देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरुलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाई थियो ।

उहाँले भन्नु भयो, ‘सबभन्दा अगाडि त एउटा प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ । त्यो अनेक हिसावले हामीलाई असफल बनाउने आउने, हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ । त्यसलाई हामीले मिल्काउनु पर्नेछ । कतिले भन्छन–यो गठबन्धन फौडौं । समयक्रममा गठबन्धन आफैं फुट्छ । स्वार्थी पूँजीवादी बाटो हिँडेर कहिल्यै एकतावद्ध हुने सम्भावना नै हुँदैन । यो स्वार्थको खेल हो यिनीहरुको । उद्देश्यमा, गन्तव्यमा एकता होइन । स्वार्थको एकता हो यो । तसर्थ उनीहरुको स्वार्थको एकता स्वार्थको टकरावमा समाप्त हुन्छ । यो नियम हो । त्यसकारण हामीले धेरै हतार गरेर यिनीहरुको यो एकता फोडनका लागि एकदम चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यक्ता छैन । यो एकता स्वार्थको टकरावबाट फुट्छ आफ्नै हिसावले ।’

ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढने समेत बताउनु भयो । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरु इमानमा नरहने अवस्था अव नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने उहाँले बताउनु भयो । ओलीले स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराउनु भयो । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमालेले हा¥यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो ।

अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले भन्नु भयो, ‘हामी हाम्रा महान अभिभाराहरु पूरा गर्न हाम्रा अगाडिका गम्भिर चुनौतिहरुलाई पराजित गर्नका लागि नेकपा (एमाले) एक ढिक्का भएर उभिन्छ । एक ढिक्का भएर अगाडि जुध्दै तिनलाई पराजित गर्दै विजय हासिल गर्छ । यसमा हामी सबै प्रतिवद्ध छौ नि होईन ? इमान्दारिताका साथ लाग्छौं होइन ? हामी इमान्दारिताका साथ लाग्छौं । अस्तीको चुनावजस्तो कुनै पनि हालतमा हुन दिँदैनौं । यो हाम्रो संकल्प हो । हाम्रो प्रतिवद्धता हो । अस्तीको चुनाव राम्रो भएन । तर, हाम्रा विरोधीहरुले भनेजस्तो १०÷१५ वटा सिट ल्याएको छ । त्यहीँ पनि अर्काको भरमा ।

अर्कोको रुखबाट झरेको पात भेला गरेर डोकोमा हालेको छ अलिअलि । अनि त्यो अलिअलि डोकोमा हालेर एमालेको त वनै समाप्त हो भन्ने ? न आफ्नो विरुवा छ,न अरु छ । एमालेसँग अहिले हा¥यौै भन्दाखेरी पनि दोस्रो पार्टी सिटको हिसावले पनि एमाले नै होला । २०६ सिटमा एमाले नै जितेको होला नि । कसैले हात पेल्ने, कसैले पिँडुला टोक्ने, तिघ्रामा उफ्रिउफ्रि भम्टिने सबै गर्दा पनि काँग्रेस भन्दा एक लाख बढि मत एमालेले ल्याएको होला नि । अहिले विभिन्न खोजमेल, गोडमेल, पैँचौ, सापटी गर्दा पनि ३ प्रतिशत पु¥याउन नसक्नेले एमाले हा¥यो भनेर गरेको हल्लाको पछाडि परिरहनु जरुरी छैन ।’

ओलीले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसीरमा हुन नदिने खतरा बढेर गएको आरोप लगाउनु भयो । आगामी मंसीर भित्र दुवै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएपनि त्यसलाई पर सार्ने खतरा सत्तारुढ दलहरुबाटै हुने उहाँको आशंका थियो । ओलीले संविधान अनुसार फागुनमा हुनुपर्ने स्थानीय तह निर्वाचनलाई पनि आफूहरुको प्रयासले मात्रै बैशाख अन्तिममा गराउन सम्भव भएको जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसको परिणाम आईसकेको छ । त्यस सम्बन्धमा विभिन्न भ्रान्त धारणाहरु र त्यसलाई आधार बनाएर भ्रान्त धारणाहरु फैल्याउन खोजिएको छ ।

यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अर्कातिर मंसीरमा संघीय संसदको लागि आम निर्वाचन र प्रदेशसभाहरुका लागि निर्वाचन हुनुपर्नेछ । यो निर्वाचन विभिन्न बहाना बनाएर परसार्ने खतरा छ । संविधानमाथिको थिचोमिचो, हामीले स्थानीय तहको निर्वाचनमा पनि देख्यौं । फागुनमा कानुन बमोजिम हुनुपर्ने निर्वाचन बैशाख अन्तिममा मात्रै भयो । अन्तिममा हुने स्थिति बन्यो । त्यो पनि नगर्ने, आगामी चैत्रमा मात्रै गर्ने भनेर गठबन्धनका नेताहरुले बोलिरहेका थिए, प्रयास गरिरहेका थिए । हाम्रो अगुवाईमा राष्ट्रिय प्रयासबाट ती असंवैधानिक सोच, क्रियाकलापविरुद्ध उठेको हुनाले त्यो सफल भएन । र, ढिलो गरेर भएपनि अन्तिम अवधि भित्रमा अर्थात बैशाख अन्तिममा स्थानीय निर्वाचन गर्नुप¥यो । ’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ धकेल्न खोजेको भन्दै आपत्ति समेत जनाउनु भयो ।