५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

तनहुँमा लक्षभन्दा बढी राजस्व सङ्कलन

तनहुँमा लक्षभन्दा बढी राजस्व सङ्कलन
अ+ अ-

दमौली । तनहुँ आन्तरिक राजस्व कार्यालयले लक्षको १०१ दशमलव ६५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २७८/७९ मा लक्षभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।

उक्त आर्थिक वर्षमा लक्षभन्दा रु १५ करोड पाँच लाख ७६ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत डा. नारायण ढकालले जानकारी दिनुभयो । कार्यालयले यो अवधिमा रु नौ अर्ब २४ करोड ९२ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । यो वर्ष रु नौ अर्ब नौ करोड ८६ लाख २८ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो । गत आर्थिक वर्ष २७७/७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो । गत वर्ष लक्षभन्दा केही कम राजस्व सङ्कलन भए पनि यो वर्ष लक्षभन्दा बढी राजस्व सङ्कलन भएको ढकालले बताउनुभयो ।

कार्यालयले यस अवधिमा आयकरतर्फ रु ६५ करोड ४७ लाख १५ हजार, घरबहाल करतर्फ रु एक करोड ८६ लाख ८१ हजार, ब्याजतर्फ रु चार करोड ६७ लाख ८७ हजार, मूल्यअभिवृद्धितर्फ रु ४५ करोड ७५ लाख ५९ हजार राजस्व सङ्कलन भएको छ । अन्तशुल्कतर्फ रु छ अर्ब १७ करोड ५ लाख २१ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब ९० करोड नौ लाख ३७ हजार र शिक्षातर्फ रु पाँच हजार राजस्व सङ्कलन भएको छ । आयकरतर्फ रु ७१ करोड ६१ लाख ४१ हजार, घरबहाल करतर्फ रु ५६ करोड ६८ लाख चार हजार, ब्याजतर्फ रु एक अर्ब आठ करोड १३ लाख नौ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ६१ लाख १२ हजार, अन्तशुल्कतर्फ रु छ अर्ब ४४ करोड दुई लाख ११ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब १५ करोड ७९ लाख १७ हजार र शिक्षातर्फ ३४ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष थियो ।

आयकरतर्फ लक्षको ९१दशमल४२, घरबहाल करतर्फ ३२दशमलव९६, व्याजतर्फ ४३दशमलव २७, मूल्यअभिवृद्धि करतर्फ ७४दशमलव२७, अन्तशुल्कतर्फ ९५दशमलव८१, स्वास्थ्यतर्फ १६४दशमलव१७ र शिक्षातर्फ शुन्य दशमलव १४ प्रतिशत राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार असार महिनामा मात्रै रु ८५ करोड ७९ लाख ७४ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।असार महिनामा मात्रै लक्षको १३५ दशमलव२४ प्रतिशत बढी राजश्व सङ्कलन भएको थियो । असार महिनामा रु ६३ करोड ४४ लाख २५ हजार राजस्व सङ्कलनको लक्ष राखिएको थियो ।

कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असूली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । विगत दुई वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।