११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा नेपालका परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १६.२७ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ ।  मंगलवार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ ।

मंगलवार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै मंगलवार कारोबार रकम पनि बढेको छ । सोमवार शेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेसँगै मंगलवार इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा बढी ८.०१ प्रतिशत बढेको छ । त्यस्तै, गणपति लघुवित्तको शेयरमूल्य करिव ७ प्रतिशत बढेको छ । तर यता, सिभिल बैंकको ऋणपत्रको मूल्य ७.७५ प्रतिशत घटेको छ । मंगलवार शिवम सिमेन्ट १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।