२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १६.२७ अंकले वृद्धि



अ+ अ-

काठमाडौँ । नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ ।  मंगलवार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ ।

मंगलवार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै मंगलवार कारोबार रकम पनि बढेको छ । सोमवार शेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेसँगै मंगलवार इमर्जिङ्ग नेपालको शेयरमूल्य सबैभन्दा बढी ८.०१ प्रतिशत बढेको छ । त्यस्तै, गणपति लघुवित्तको शेयरमूल्य करिव ७ प्रतिशत बढेको छ । तर यता, सिभिल बैंकको ऋणपत्रको मूल्य ७.७५ प्रतिशत घटेको छ । मंगलवार शिवम सिमेन्ट १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।