५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्



अ+ अ-

काठमाडौँ । मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरुले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।

जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताउनु भयो । मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उहाँको भनाई छ । उहाँले मनसुन न्यून चापिय रेखा एक, दुई दिन भित्रमै माथि आउने र वर्षा हुन शुरु हुनासाथ गर्मी हटेर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्याधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुईवटा लगभग रिलेटेड जस्तै भन्नुपर्छ । वर्षा हुने बित्तिकै शितल हुने, पानी नपर्ने लामै जस्तो भएको भएर पनि गर्मी बढेकै भयो । तापक्रम बढको महशुस भइराखेको छ । वर्षाको क्रमसँगै बिस्तारै शितल अनुभव गर्नसक्छौँ । अहिले ब्रेककै स्थिति छ । बिस्तारै यो एक, दुई दिनमै मनसुन ट्रफमाथि सिफ्ट हुँदै जाँदाखेरी हाम्रोतिर मनसुन ट्रफ आउँछ । मनसुन न्यूनचापिय रेखा यो माथि आउने बित्तिकै हाम्रोमा पनि वर्षा देखिन्छ ।’

उहाँले केही दिनभित्रमै मनसुन सक्रिय भएर वर्षा हुने बताउनु भयो । हाल मनसुन सामान्य स्थितिमा रहेकाले वर्षा नभएको मौसमविद्हरुले बताउनु भयो । हाल मनसुन सामान्य अवस्थामा दक्षिणतर्फ रहेकाले नेपालमा धेरैजसो वर्षा हुन नसकेको बताउनु भयो । उहाँले एक, दुई दिन भित्रमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना रहेको र त्यसपछि देशको धेरैजसो स्थानमा वर्षा हुने बताउनु भयो । उहाँले भन्नुभयो – ‘देशभर मनसुनको अवस्थाको कुरा गर्दाखेरी तत्काललाई मनसुन ट्रफ नर्मल पोजिशनमा छ । दक्षिणतिर नै रहेको थियो । त्यसले गर्दाखेरी अलिकति नेपालमा ब्रेकको जस्तो स्थिति देखिएको थियो । अब यो एक, दुई दिनमै मनसुन ट्रफ बिस्तारै माथि सर्ने सम्भावना धेरै छ । त्यो सम्भावना सँगसँगै देशभरी वर्षाको अहिले जुन रोकिएको क्रम छ, वर्षा फेरी देशभरी नै धेरैजसो स्थानहरुमा पर्ने सम्भावना रहन्छ र अहिलेको कुरा गर्दा नेपालमा लगभग ब्रेककै स्थिति हो मनसुनको । मनसुन भन्ने बित्तिकै फेरि सबै दिनमै वर्षा हुन्छ भन्ने हुँदैन । एक्टिभ फेज हुन्छ अनि ब्रेक फेज हुन्छ । यो ब्रेकफेजमा के भयो भन्दाखेरी धेरै वर्षा हुने बेलामा नै वर्षा नभएको फेरि धान रोपिरहेको स्थिति हुँदाखेरी धाँजाहरु धेरै ठाउँमा फाटेको स्थिति पनि आएको छ । विशेषगरी तराईतिर यो देखिएको तस्वीरहरु देख्न पाइएको छ ।’

मौसमविद् पोखरेलले प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको बताउनु भयो । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘मधेस प्रदेश, प्रदेश१, वागमती प्रदेश र गण्डकी प्रदेशमा सरदरभन्दा बढी नै वर्षा देखिएको छ । लुम्बिनी प्रदेशको बर्दिया र सँगसँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सरदरभन्दा कम नै वर्षा देखिएको छ । अहिलेसम्मको स्थितिमा ।’

उहाँले मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेको सूचनाहरुलाई ध्यान दिन आग्रह गर्नुभयो ।