२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रिटेनमा डिम्ब, शुक्रकीट र भ्रूण ५५ वर्षसम्म भण्डारण गर्न पाइने



अ+ अ-

एजेन्सी । ब्रिटेनमा अब डिम्ब, शुक्रकीट र भ्रूण ५५ वर्षसम्म भण्डारण गरेर राख्न पाइने नियम ल्याउन लागिएको छ।

ब्रिटेनका स्वास्थ्यमन्त्री साजिद जाविदले डिम्ब, शुक्रकीट र भ्रूण भण्डारणसम्बन्धी विद्यमान १० वर्षे समयसीमा एकदमै साँघुरो भएको बताउँनुभयो।

रोयल कलेज अफ अब्स्टेट्रिसिअन्सले गरेको एउटा अनुसन्धानमा ती तत्त्वको शीतभण्डारण गर्न एउटा आधुनिक चिस्यान पद्धति विकास गरिएको थियो । 

अब शुक्रकीट र भ्रूण भण्डारण गरेको १० वर्ष पूरा भएपछि भावी आमाबुवाले प्रजनन प्रक्रिया अघि बढाउने कि भण्डारण गरिएका कोषहरू नष्ट पार्ने भन्नेबारे निर्णय गर्नुपर्छ।

ह्यूमन फर्टिलाइजेशन एन्ड एम्ब्रीओलजी अथोरिटीकी अध्यक्ष जुलिया चेनका अनुसार महिलाले जति पहिला आफ्नो डिम्ब शीतभण्डारण गर्छन् पछि कृत्रिम गर्भाधान सफल हुने सम्भावना उति नै बढी हुन्छ।

के हो डिम्ब, शुक्रकीट र भ्रूणको शीतभण्डारण ?
पछिसम्म प्रजनन क्षमता सुरक्षित राख्न महिलाको डिम्ब र पुरुषको शुक्रकीट वा डिम्ब र शुक्राणु निषेचन भएर बनेको भ्रूण चिस्याएर भण्डारण गरिन्छ। यस सुविधाले केही समयपछि सन्तान हुने सम्भावना कायम राख्छ।

यस प्रक्रियामा इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) मार्फत् महिलाको १५ वटा डिम्ब भण्डारण गरिन्छ। तिनलाई तत्काल चिस्याएर तरल नाइट्रोजनको भाडामा सङ्गृहीत गरिन्छ।

ती डिम्बलाई आवश्यकता पर्दा पग्लिन दिइन्छ। त्यसपछि यथारूपमा जोगिएका डिम्बलाई शुक्रकीटसँग सम्मिलित गरिन्छ। शुक्रकीटलाई सामान्यतया चिस्याउनुअघि नै भिन्नभिन्न भाँडामा छुट्याएर राखिन्छ। त्यसो गर्दा तिनलाई फरक उपचारका लागि प्रयोग गर्न सकिन्छ।

पहिलो चरण सफल नहुँदा वा फेरि अर्को सन्तान जन्माउन प्रयास गर्दा भ्रूणलाई प्रजनन उपचार प्रक्रियामा चिस्याइन्छ। महिलाको डिम्ब र पुरुषको शुक्रकीट निषेचन भएर बन्ने भ्रूण सुरुमा एककोषीय मात्र कोष हुन्छ। समयक्रममा कोषको सङ्ख्या दुई, चार, आठ हुँदै बढ्दै जान्छ।

भ्रूण चिस्याएर गरिने भण्डारण चाहिँ एउटा मात्र कोष भएको वा दुईदेखि आठवटा कोष भएको चरण वा भ्रूण विकासको त्योभन्दा पछिल्लो चरणमा गर्न सकिन्छ। (बीबीसी)