• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

सरकारले बन्द गर्यो निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम



काठमाडौँ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको छ । चालु आवको बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा उल्लेख छ । बजेटमा उल्लेख भएको व्यवस्थाबाट निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने निश्चित भएको हो ।

स्वास्थ्य बिमा बोर्डका अनुसार बजेट वक्तव्य ऐन सरह हुने भएकाले स्वास्थ्य बिमा कार्यक्रम सेवा अब निजी अस्पताल तथा मेडिकल कलेजबाट उपलब्ध हुने छैन ।

बजेटमा ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ’ उल्लेख छ ।

‘यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ’, बजेट वक्तव्यमा उल्लेख छ ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।