५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बन्द गर्यो निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम



अ+ अ-

काठमाडौँ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको छ । चालु आवको बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा उल्लेख छ । बजेटमा उल्लेख भएको व्यवस्थाबाट निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द हुने निश्चित भएको हो ।

स्वास्थ्य बिमा बोर्डका अनुसार बजेट वक्तव्य ऐन सरह हुने भएकाले स्वास्थ्य बिमा कार्यक्रम सेवा अब निजी अस्पताल तथा मेडिकल कलेजबाट उपलब्ध हुने छैन ।

बजेटमा ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरुलाई सामुदायिक तथा सरकारी अस्पतालहरुबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ’ उल्लेख छ ।

‘यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरुमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ’, बजेट वक्तव्यमा उल्लेख छ ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।