५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमा विदेशी बुहारीलाई ७ वर्षको सीमा राख्न सांसद पाठकको संशोधन प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद डा. सूर्य पाठकले सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

उनले नेपाली नागरिकसँग विवाह गरेर आउने महिलाले ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

सरकारले भने संसद्मा प्रस्तुत गरेको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग बिहे गरेलगत्तै नागरिकता पाउने व्यवस्था गरेको छ । सांसद पाठकले त्यस्ता महिलाले नेपालमा लगातार ७ वर्ष बसेपछि मात्र अंगीकृत नागरिकता प्राप्त गर्न व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

उनको संशोधन प्रस्तावमा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपाली नागरिकसरह नागरिकता दिनुपर्ने उल्लेख छ ।