५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहरको सुन्दरताका लागि होडिङ बोर्ड हटाइँदै



अ+ अ-

बलेवा । बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रवेशद्वार वडा नं १ को मालढुङ्गा र कालिका भगवती मन्दिर वरपर राखिएका होडिङबोर्ड हटाउन सुरु गरिएको हो । नगरपालिकाले सहरको सुन्दरताका लागि भन्दै त्यस्ता होडिङबोर्ड हटाउन थालेको वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताउनुभयो ।

उहाँकै संयोजकत्वमा बनेको ‘विज्ञापन होडिङ बोर्ड’ व्यवस्थापन समितिले मालढुङ्गामा रहेका बोर्ड हटाउन सुरु गरेको हो । यहाँबाट हटाइका बोर्ड अन्यत्र कुनै उपयुक्त ठाउँमा राख्न दिइने वडाध्यक्ष केसीले बताउनुभयो । सार्वजनिक जग्गामा रहेका बोर्ड नगरपालिका आफैले हटाएको र व्यक्तिगत जग्गामा भएका बोर्ड हटाउन पहिलो चरणमा १५ दिन र दोस्रो चरणमा ७ दिनको म्याद दिइएको छ ।

‘‘हामीले जग्गाधनी र बोर्डधनी दुवैलाई जानकारी गराएका छौँ, केहीले सकरात्मक हिसाबले हटाउनुभयो, बाँकी केही हट्दै छन्’’, उहाँले भन्नुभयो,“नगर कार्यपालिकाको बैठकबाट निर्णय भएरै यो काम भइरहेको छ । प्रवेशद्वारमा रहेका होटल, रेष्टुराँ, बैंक तथा वित्तीय संस्था, विभिन्न कम्पनी र सामाजिक सङ्घ संस्थाले राखेका स्वागत बोर्डसमेत हटाउन लागिएको छ । ”

‘‘अब चारवटा ठूला बोर्ड व्यक्तिका जग्गामा बाँकी छन्, उहाँहरुले सात दिनभित्र आफै हटाउँछौँ भन्नुभएको छ’’, वडाध्यक्ष केसीले भन्नुभयोे “तोकिएको समयभित्र नहटाए हामी हटाउँछौँ ।” मालढुङ्गामा बागलुङको परिचय झल्किने गरी डिजिटल बोर्ड राख्ने योजना रहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले जिल्लाका पर्यटकीय क्षेत्र, यहाँका कला संस्कृति र भूगोलको विषयमा जानकारी समेटेर डिजिटल बोर्ड राख्ने योजना बनाएको छ ।

बागलुङ कालिका भगवती मन्दिरको प्रवेशद्वार आसपासमा रहेका बोर्डसमेत नगरपालिकाले हटाउन भनेको छ । प्रसिद्ध कालिका मन्दिरको मौलिकता हराउनेगरी विज्ञापन बोर्ड राखिएको भन्दै नगरले हटाउन भनेको हो । ‘‘बागलुङ आउने पर्यटकको लागि पहिल्यै नकारात्मक प्रभाव पर्ने भो, त्यसैले विज्ञापन बोर्ड हटाउने भनेका हौँ उहाँले भन्नुभयो,“अब त्यहीँ ठाउँबाट बागलुङको चिनारी दिने योजना छ।”बोर्ड हटाइएको विषयमा जिल्लाका व्यवसायीले भने आपत्ति जनाएका छन् । बिना जानकारी व्यक्तिको सम्पत्ति नगरपालिकाले जबर्जस्त क्षति पु¥याएको उनीहरुको आरोप थियो ।

“नत कुनै सूचना छ, न जानकारी, यत्तिकै हाम्रो बोर्ड किन फालिएको हो, हटाउन भनेको भए हामी आफैँ हटाउँथ्यौँ’’ होटल दि राजनका सञ्चालक एञ्जील शाक्यले भन्नुभयोे,“वार्षिक भाडा तिरेका छौँ, बोर्ड बनाउँदा ७०-८० हजार खर्च भएको छ, त्यसको सुरक्षा गर्न नगरपालिकाले किन नदिएको हो ?” व्यवसायीले बिना जानकारी बोर्ड हटाएर फाल्नु गलत भएको बताए । प्रवेशद्वार सुन्दर बनाउन लागेको नगरले बागलुङ बजारका घरमा पनि प्लाष्टर गरेर रङरोगन गर्न भनेको छ ।




भर्खरै