२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन समितिले फुटेज रिस्टोर गर्न सकिने सफ्टवेयर नै मगायो



अ+ अ-

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ‘रिस्टोर’ हुने सफ्टवेयर मगाएको छ।

आइतबार समितिको टोलीले अर्थ मन्त्रालय गएर सिसिटिभीको फुटेज माग्दा अर्थका प्राविधिकहरुले फुटेज नभएको जानकारी दिएपछि सफ्टवेयर नै मगाएको हो ।

समितिको सिंहदरबारमा बस्ने बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको बताइएको छ ।

समितिले फुटेज रिस्टोर गर्न सकिने भन्दा पनि अर्थका प्राविधिकले बारम्बार आफूहरुसँग रिस्टोर गर्ने क्षमता नभएको बताएका थिए । त्यसैले समितिले फुटेज रिस्टोर गर्न सकिने सफ्टवेयर नै मगाएर हेर्न लागेको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि आव २०७९/०८० को बजेट निर्माणका क्रममा बजेट घोषणा हुनु एक दिनअघि राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लगाइएको थियो ।

त्यसपछि सो प्रकरणको छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो भने अर्थमन्त्री शर्माले छानबिनलाई सघाउने भन्दै राजीनामा दिएका थिए ।