२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका संकट : राष्ट्रपति रनिल विक्रमासिंघेले देशमा संकटकाल लगाएपछि प्रदर्शनकारीहरू कोलम्बोबाट बाहिर निस्कन थाले



अ+ अ-

कोलम्बो । रनिल विक्रमासिंघेले शुक्रबार देशको कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै संकटकाल घोषणा गरेका छन् । सरकारले जारी गरेको सूचनामा यस्तो जानकारी दिइएको हो ।

पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेले देश छाडेपछि विक्रमासिंघेले देशको कार्यवाहक राष्ट्रपतिको रुपमा सपथ लिएका थिए । जनताले ठूलो मात्रामा विरोध गर्दै आएका छन् र अहिले सयौं दिन पुगेको छ ।

आर्थिक संकट जारी छ र यसलाई कसरी समाधान गर्ने हो कसैले बुझ्न सकेको छैन । आइतबार आपत्कालीन सूचना जारी गरिएको हो ।

किन लगाइयो संकटकाल ?

राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा ‘जनताको हित, सुरक्षा, कानूनको संरक्षण, आपूर्तिको मर्मत सम्भार र सबैको जीवनयापनका लागि आवश्यक सेवाको निरन्तरतालाई ध्यानमा राखेर यो निर्णय गरिएको’ उल्लेख छ ।

श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेले देशलाई आर्थिक संकटबाट जोगाउन आफूले सबै प्रयास गरेको बताएका छन् । उनी पहिले देशबाट भागेर माल्दिभ्स गए र अहिले सिंगापुरमा छन् जहाँ उनलाई १५ दिन मात्र दिइएको छ ।

श्रीलंकाको संसद्ले शुक्रबार राजपाक्षेको राजीनामा स्वीकृत गरेको छ । देशका विभिन्न भागमा प्रदर्शन भइरहेका बेला कोलम्बोमा राजापाक्षेको बिदाइपछि भीड घट्दै गएको छ ।

प्रदर्शनकारीहरुले राष्ट्रपति भवन, प्रधानमन्त्रीको आधिकारिक टेम्पल ट्रीज निवास र उनको कार्यालय गरी तीनवटा महत्वपूर्ण भवन खाली गरेका छन् । विक्रमासिंघेले सेनालाई प्रदर्शनकारीसँग कडाइका साथ व्यवहार गर्न निर्देशन दिएका छन् ।

रक्षा अधिकारीहरुका अनुसार सुरक्षा व्यवस्थालाई कायम राख्न कोलम्बोमा थप सैनिक र प्रहरीहरु पठाइएको छ । मुलुकमा जुलाई २० अर्थात यही साउन ४ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ र विक्रमासिंघेले नै यो पद पाउने विश्वास गरिएको छ ।

किन अवस्था यति नराम्रो भयो ?

श्रीलंकाको अवस्था रातारात बिग्रिएको होइन । सन् २०१९ मा राजापाक्षे देशको राष्ट्रपति बनेपछि उनको नीतिमाथि प्रश्न उठ्न थाल्यो । यसपछि कोभिड–१९ को महामारी सुरु भएपछि स्थिति झन् बिग्रियो । पर्यटनमा आधारित अर्थतन्त्र ध्वस्त हुन थाल्यो र बिस्तारै सबै समाप्त भयो।

जनता रोटीको लागि तृष्णा गर्न थाले र सडकमा आउन बाध्य भए। ऋणले डुबेको यो देशले खाद्यान्न, इन्धन र औषधिसमेत तिर्न नसक्ने संकटमा छ ।

श्रीलंका सहयोगका लागि भारत, चीन र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा पूर्णरूपमा निर्भर छ। इन्धन र खाना पकाउने ग्यासका लागि मानिसहरु घण्टौँ लाइनमा बस्नुपरेको छ ।

हेर्दा हेर्दै सरकारको दायित्व बढेर ५१ अर्ब डलरको भएको छ । ऋणको ब्याज तिर्न पनि श्रीलंका असहाय बन्यो ।

देशको अर्थ मन्त्रालयले श्रीलंकासँग २ करोड ५० लाख अमेरिकी डलर मात्रै विदेशी सञ्चिति रहेको र आगामी ६ महिनासम्म देश चलाउन ६ अर्ब डलर आवश्यक पर्ने बताएको छ । जसका कारण देश गरिबीको चुलीमै पुगेको छ ।

एजेन्सीको सहयोगमा