५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको छः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाउनु भएको छ ।

महासचिव पोखरेलले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल सत्तारुढ गठबन्धनले निम्त्याएको आरोप लगाउनु भएको हो । आईतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उहाँले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारद्धारा सम्भव नभएको जिकीर समेत गर्नु भयो ।

महासचिव पोखरेलले मुलुकमा राजनीतिक धु्रबीकरणको आवश्यक्ता रहेको दोहो¥याउँदै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेललाई निम्त्याएको छ । यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ । त्यसअर्थमा म के भन्न चाहन्छु भने अव समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने हो भने राजनीतिक धुब्रीकारण अनिवार्य छ । अव मुलुकमा धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन ।

मुलुकलाई कुन बाटोमा लैजाने भन्ने सन्दर्भमा दुई वटा प्रश्न हामीसँग छन । यो मुलुकलाई सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको माध्यामबाट समाजतर्फ लैजाने, एउटा बाटो । यो समाजलाई उद्धार पूँजीवादको बाटोबाट बुर्जुवाकरण गर्ने अर्को बाटो । कतातर्फ जाने भन्ने बाटोको छनौंट नेपाली जनताले गर्नुपर्नेछ । र, नेपालका राजनीतिक दलहरु पनि यी दुई प्रवृत्तिकै वरिपरी धुब्रीकृत हुन जरुरी छ । यसअर्थमा अव धेरै राजनीतिक दलहरु होइन, राजनीतिक धुब्रीकरणमा जान जरुरी छ । आउने निर्वाचन त्यो दिशातर्फ अघि बढने भन्ने कुराको विश्वास र अपेक्षा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कालोधनलाई सेतो बनाउन गरेको अपराधिक गतिविधिलाई रोक्न खोज्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास भईरहेको दावी समेत गर्नु भयो ।