• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको छः महासचिव पोखरेल



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाउनु भएको छ ।

महासचिव पोखरेलले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल सत्तारुढ गठबन्धनले निम्त्याएको आरोप लगाउनु भएको हो । आईतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उहाँले मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम सत्तारुढ गठबन्धन सरकारद्धारा सम्भव नभएको जिकीर समेत गर्नु भयो ।

महासचिव पोखरेलले मुलुकमा राजनीतिक धु्रबीकरणको आवश्यक्ता रहेको दोहो¥याउँदै आगामी संघ र प्रदेशसभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरुको सौदावाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेललाई निम्त्याएको छ । यो मुलुकको स्वाधिनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनकारी आकांक्षाका लागि बाधक छ भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ । त्यसअर्थमा म के भन्न चाहन्छु भने अव समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने हो भने राजनीतिक धुब्रीकारण अनिवार्य छ । अव मुलुकमा धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन ।

मुलुकलाई कुन बाटोमा लैजाने भन्ने सन्दर्भमा दुई वटा प्रश्न हामीसँग छन । यो मुलुकलाई सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यको माध्यामबाट समाजतर्फ लैजाने, एउटा बाटो । यो समाजलाई उद्धार पूँजीवादको बाटोबाट बुर्जुवाकरण गर्ने अर्को बाटो । कतातर्फ जाने भन्ने बाटोको छनौंट नेपाली जनताले गर्नुपर्नेछ । र, नेपालका राजनीतिक दलहरु पनि यी दुई प्रवृत्तिकै वरिपरी धुब्रीकृत हुन जरुरी छ । यसअर्थमा अव धेरै राजनीतिक दलहरु होइन, राजनीतिक धुब्रीकरणमा जान जरुरी छ । आउने निर्वाचन त्यो दिशातर्फ अघि बढने भन्ने कुराको विश्वास र अपेक्षा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कालोधनलाई सेतो बनाउन गरेको अपराधिक गतिविधिलाई रोक्न खोज्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने प्रयास भईरहेको दावी समेत गर्नु भयो ।