१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् ।

प्रहरीले उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान गरिरहेको छ ।