१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससको सेवा थप प्रभावकारी बनाउन श्रव्य दृश्य सेवा: अध्यक्ष झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधिकरण गर्ने सन्दर्भमा श्रव्य दृश्य (भिडियो) सेवा सुरु गरिएको बताउनुभएको छ ।

राससले आजदेखि सुरु गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना सन्देशमा अध्यक्ष झाले भन्नुभयो, “हाम्रा सेवाहरू देशभित्र र देश बाहिरका सञ्चारमाध्यमले समेत उपयोग गर्दै आइरहेका छन्, समय र प्रविधिको विकासँगै हामीले हाम्रा सेवाहरूलाई पनि परिस्कृत गर्दै लैजानुपर्छ, राससको स्थापनाको छ दशकपछि भिडियो सेवा सुरु गर्दैछौँ, सबैको सुझाव र सहयोगको अपेक्षा राखेका छौँ ।”

उहाँले विश्वका समाचार एजेन्सीहरूसँग राससले पनि सँगसँगै हिँड्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै रासस नेपालको मात्रै नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको जानकारी दिनुभयो । “राससलाई जनताको सूचनाको संवाहक बनाउन आम दर्शक, स्रोताको महत्वपूर्ण भूमिका हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु”, अध्यक्ष झाले भन्नुभयो ।

उहाँले राससले आफ्ना सेवाहरूलाई विविधिकरण गर्दै लैजाने क्रममा श्रव्य दृश्य सेवाको पनि सुरुआत गर्न लागेकामा राससका समग्र पत्रकार एवं कर्मचारी र समग्र सेवाग्राहीहरूलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो ।