१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि
अ अ+ अ-

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताउनुभएको छ ।

शुक्रवार विभागमा वैदेशिक रोजगार विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा अहिलेसम्मकै धेरै श्रम स्वीकृति दिइएको बताउनु भयो ।

उहाँले अहिले पनि अन्तर्राष्ट्रिय मुलुकमा वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा नआइसकेको भएपनि नेपालको वैदेशिक रोजगारको अवस्था पूर्ण रुपमा लयमा फर्किएको बताउनु भयो । महानिर्देशक पौडेलले २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरेर यो वर्षसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको बताउनु भयो । उहाँले ७१ लाख श्रम स्वीकृतमा ६७ लाख पुरुष र ३ लाख महिलालाई श्रम स्वीकृत दिएको बताउनु भयो । महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा मात्रै गत आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार बढी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिलेसम्मको सबैभन्दा धेरै श्रम स्वीकृत यो आर्थिक वर्षमा भएको छ । अहिले अन्तर्राष्ट्रिय देशहरुको चिन्ता के छ भने वैदेशिक रोजगारी कोभिड भन्दा अगाडिको लयमा आउन सकेको छैन । २०५१ सालदेखि नेपालमा श्रम स्वीकृत जारी गरिरहेका छौं । अहिलेसम्म ७१ लाख २० हजार भन्दा बढी श्रम स्वीकृत भएको छ । यो भनेको रि इन्ट्रि समेतको गरेर हो । यसमा ६७ लाख पुरुष र ३ लाख महिला हुनुहुन्छ । श्रम स्वीकृति २०७३ देखि निरन्तर ओरालो लागि रहेको छ । अहिले २०७८ असारदेखि २०७९ असार ३० गतेसम्म गत वर्ष भन्दा ४ लाख ६१ हजारले बढको देखिन्छ । यो वर्ष ६ लाख २८ हजार श्रम स्वीकृति पुगेको अवस्था छ । अहिले वैदेशिक रोजगारी सन्तोकजन रुपमा अगाडि बढेको देखिन्छ ।’

त्यस्तै महानिर्देशक पौडेलले विभागले सबै प्रकारका श्रम स्वीकृति अनलाइन प्रणालीबाट सञ्चालन गरेकाले एक वर्षमा ४५ प्रतिशत कार्यालयमा भीडभाड कम गरिएको बताउनु भयो । उहाँले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएकाले कर्मचारीदेखि सुशासनमा समेत सुधार भए सेवाग्राहीहरुको समय र लागत कम भएको दाबी गर्नुभयो । महानिर्देशक पौडेलले विभागले सक्कली पीडित भन्दापनि नक्कली पीडित ३० प्रतिशत उजुरी लिएर आउनेगरेको बताउनु भयो । उहाँले अहिले नक्कली पीडितलाई विभागले निरुत्साहित गर्दै लगिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ २०७८ माघ २ गतेबाट पुनःश्रम स्वीकीर्तिलाई पूर्ण अनलाइन गरौं । जसबाट ४५ प्रतिशत वैदेशीक रोजगार विभागमा काम गर्ने भीडभाड कम भयो । अहिले सबै प्रकारका श्रम स्वीकृतिहरु अनलाइन भएको छ । यसले केही न केही कर्मचारीदेखि सुशासनमा समेत सुधार हुँदै आएको छ । सेवाग्राहीहरुको समय र लागत कम भएको छ । नक्कली पीडितहरुलाई निरुत्साहित गरिएको छ । वैदेशिक रोजगारी विभागमा उजुरी गर्ने आउने सबै पीडित हुन् सबै उजुरी सक्कली हुन् भन्ने लाग्नसक्छ । तर हाम्रो अध्ययनले २५ देखि ३० प्रतिशत पीडितहरु नक्कली पीडितहरु हुन् ।

उनीहरु नक्कली पीडित भएको बहानामा कसैलाई फसाउनको लागि,हुँदै नभएको कारोबार वैदेशिक रोजगारमा ल्याएर जोडेर सेन्टीमेन्ट गर्न लगायतको लागि नक्कली पीडित आउने गरेका छन् । अहिले हामीले सक्कली पीडितको दुध र पानी छानेजस्तै नक्कली पीडितहरुलाई कारबाही गर्न काम गरेका छौं । सक्कली पीडित वैदेशीक रोजगारी विभागको समस्या होइन । सक्कली पीडितका समस्याहरु सजिलै समाधान हुन्छन् । अहिले १० लाख भन्दा बढीको कारोबार सम्पती सुदृढीकरणलाई बुझाउने गरेका छौं ।’

महानिर्देशक पौडेलले नेपालको वैदेशिक दश गन्तव्य मुलुकमा सबैभन्दा पहिलो साउदी अरेबिया रहेको बताउनु भयो । उहाँले साउदी अरेबियामा एक लाख ८० हजार भन्दा बढी श्रमिक गएको बताउनु भयो । पौडेलले दोस्रोमा कतार,तेस्रोमा युएई र कुवेत,मलेसिया,बहराइन,रोमानिया,ओमान,जापान र क्रोएशिया रहेको बताउनु भयो । उहाँले पछिल्लो समय पुनः मलेसियाको जाने श्रमिकको सख्या बढ्न थालेको बताउनु भयो । पौडेलले कात्तिक महिनादेखि यता दक्षिण कोरियाको एपीएस भाषा परीक्षामा पास भएका ५५ सय श्रमिक कोरिया गएको बताउनु भयो । उहाँले अब १० हजार श्रमिक जाने तयारीमा रहेको भन्दै कोरिया सरकारले नेपाललाई एक नम्बरमा राखेर सबैभन्दा बढी कोटा दिएको बताउनु भयो ।

त्यस्तै महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा ८२.९ प्रतिशत भौतिक प्रगति गरेको र बेरुजु फस्र्यौट ७० प्रतिशत भएको जानकारी दिनुभयो । उहाँले विभागलाई भौतिक पूर्वाधारमा समस्या रहेको भन्दै अहिले पनि भाडाको घरमा विभाग रहेको गुनासो गर्नुभयो । उहाँले वैदेशिक रोजगार विभागलाई आफ्नै भवन बनाउन आवश्यक देखिएको बताउनु भयो ।

महानिर्देशक पौडेलले वैदेशिक रोजगार सम्बन्धि कानून कार्यविधिमा ठूलो समस्या रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगार सम्बन्धि ठूलो समस्या छ भने त्यो वैदेशिक रोजगार ऐन,२०६४ रहेको दाबी गर्नुभयो । महानिर्देशक पौडेलले ऐनमा व्यवस्था गरेको श्रम स्वीकृति शब्द नै गलत भएको बताउनु भयो ।