२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २२९ मा कोरोना सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८७ हजार ९७२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २८४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा एक हजार २४९, संस्थागत आइसोलेसनमा ३५, आइसियू १४ र भेण्टेलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ मात्रै रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, बाजुरा र डडेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ७८६, ललितपुर ९० र भक्तपुरमा १९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमण दर १७ प्रतिशत छ ।