• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल



काठमाडौँ । सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको विषयमा आएका समाचारबारे चर्चा भएको छ ।

सञ्चारमा आएका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका बेला बसेको सत्ता साझेदार दलहरुको बैठकमा यस विषयमा पनि कुराकानी भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका बैठकमा कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्ति नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि गभर्नर हुन नपाउने व्यवस्था भएकाले यदि गभर्नर अधिकारी नै ती व्यक्ति हुन् भने यो निकै नै गम्भीर विषय भएको प्रधानमन्त्रीले भन्नुभएको डा. महतले बताउनुभयो ।

बैठकमा गठबन्धनमा आबद्ध दलका नेताहरुले यस विषयमा कुरा उठाउनुभएको थियो । गम्भीर विषय भएकाले यसबारेमा थप छलफल गर्नुपर्ने बताइएको छ ।

“विषय असाध्यै गम्भीरताका साथ उठेको छ । यदि गभर्नर नै एम अधिकारी हुन् भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने विषयमा विभिन्न पार्टीका प्रतिनिधिबाट धारणा आएको हो”, प्रवक्ता डा महतले भन्नुभयो । यस्तै, सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिन आयोगको म्याद थपको विषयमा पनि बैठकमा छलफल भएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले ती आयोगका सम्बन्धमा प्रस्तुत गर्नुभएको थियो ।