४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वी हेट एमसीसी’ भन्दै एयरपोर्ट अगाडि प्रदर्शन गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन विमान स्थल अगाडि एमसीसीको विरोधमा प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न बिहिबार नेपाल आउँदै छन् । एमसीसीलाई सरकारले जसरी पनि संसदबाट पारित गराउन लागेको भन्दै युवाहरुले विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार आउन लागेकोबारे पनि उनीहरुले विरोध जनाएका छन् । 

उनीहरुले विमानस्थल अगाडि प्रदर्शन गर्दै ‘गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ र 'वी हेट एमसीसी, रिजेक्ट एमसीसी' लगायतका नाराहरु लगाएका थिए ।