२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वी हेट एमसीसी’ भन्दै एयरपोर्ट अगाडि प्रदर्शन गर्ने पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन विमान स्थल अगाडि एमसीसीको विरोधमा प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न बिहिबार नेपाल आउँदै छन् । एमसीसीलाई सरकारले जसरी पनि संसदबाट पारित गराउन लागेको भन्दै युवाहरुले विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार आउन लागेकोबारे पनि उनीहरुले विरोध जनाएका छन् । 

उनीहरुले विमानस्थल अगाडि प्रदर्शन गर्दै ‘गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ र 'वी हेट एमसीसी, रिजेक्ट एमसीसी' लगायतका नाराहरु लगाएका थिए ।